१० भाद्र २०८३, बुधबार
,
Latest
सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिहान सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतको वर्षौंदेखिको मित्रतामाथि प्रकाश पार्दै दुई मुलुकबीचको जनस्तरको सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा दुई देशबीचको द्विपक्षीय हितका विकासका विषयमा छलफल भएको थियो ।

भारतीय राजदूत श्रीवास्तवले नेपालको उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नियुक्त भएकामा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो ।