१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीन चित्रकला प्रदर्शनी



अ+ अ-

काठमाडौँ । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ सङ्घ, नेपाली चिनियाँ उद्यम सङ्घको सहआयोजनामा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ सङ्घका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम सङ्घका महासचिव झु क्विङलगायतले यस्ता कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एक आपसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

साथै उहाँहरुले नेपाल–चीन हिमाल र पानीले जोडिएका मित्रवत छिमेकी राष्ट्र भएको र द्विपक्षीय सांस्कृतिक आदानप्रदानको लामो इतिहास भएको उल्लेख गर्दै यो कार्यक्रम आपसी मित्रता र सहयोग प्रवद्र्धन, इतिहास निर्माण गर्ने महत्वपूर्ण माध्यम भएकामा जोड दिनुभयो ।

नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई अझ प्रगाढ बनाउन र दुई देशका जनताबीचको मित्रतालाई प्रगाढ बनाउन इन्स्टिच्युटले उक्त प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनीमार्फत नेपाल र चीनको संस्कृति प्रदर्शित हुने विश्वास गरिएको छ ।