१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल

संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल
अ अ+ अ-

बलेवा । गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघुँरिदै जान थालेको छ ।

तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ ।

समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जी जोड दिनुहुन्छ । “चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले माटो भरिएको छ”, उहाँ भन्नुहुन्छ, “ताल नजोगाए पानीका मुहान सुकेर जान्छन् ।” जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ ।

तालभन्दा केही तल रहेको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । उक्त खोलाको पानी नै हटिया बजार र आसपासका गाउँलेले प्रयोग गर्दै आएका छन् । “केही वर्षअघि ताल सफा गर्दा तलको मुहान सुक्यो पनि पछि पानी भरिएपछि फेरि खोला बगेको थियो”, दर्जी भन्नुहुन्छ, “यो ताल मास्न हुँदैन, जोगाएर राखे सबैलाई बचाउँछ ।”

समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको त्यहाँका अध्यक्ष फमबहादुर खत्री बताउनुहुन्छ । “आजसम्म संरक्षणमा कसैले पनि चासो दिएको पाइएन, अब हामी संरक्षण र प्रचार–प्रसार गर्छौँ। तालको प्राकृतिक अवस्था नबिग्रिने गरी क्षेत्रफल विस्तार र संरक्षणका लागि संरचना तयार गर्ने योजना छ”, उहाँ भन्नुहुन्छ ।

“हिजोआज कृत्रिम ताल हेर्न पर्यटक खचाखच हुन्छन्, हामीसँग प्रकृतिको उपहार छ”, वडाध्यक्ष खत्री जोड दिनुहुन्छ, “घुम्न र हेर्न मिल्ने बनाउँछौँ, प्रकृतिले दिएको पानी मासिन दिँदैनौँ । हटिया बजारबाट एक घण्टा पैदल र आधा घण्टा सवारीयात्रामा ताल पुग्न सकिन्छ । यो प्राकृतिक ताल हो ।”

“यहाँको पानी न कहिल्यै घटेको देखिन्छ न भरिएर बाहिर जान्छ”, स्थानीय सन्तबहादुर खत्री भन्नुहुन्छ, “तालभित्रैबाट पानी आउँछ, त्यहीँ हराउँछ, बाहिर पानीको स्रोत छैन । यहाँ देशमा जनयुद्ध हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो । द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न सकिएको छैन ।”

तालको उत्तरपट्टि भट्ट बबाको मन्दिर छ । आसपासका गाउँका युवायुवतीका लागि वनभोजस्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष खत्री बताउनुहुन्छ ।