१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित
अ अ+ अ-

कावासोती । पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले बताउनुभयो

साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको उहाँले जानकारी दिनुभयो । सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ उहाँका अनुसार स्थानीयवासीले न्याना लुगा जोहो गर्न थालेका छन् ।

बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने नारायाणघाट–कावासोती रुटमा चल्ने बसका चालक मनोज महतोले बताउनुभयो । यसले गर्दा दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ ।

चिसोकै कारण जिल्लामा बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । एकाएक बढेको चिसोसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेट डा जितेन्द्र कँडेलले बताउनुभयो । बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले थप जोखिममा भएकाले यो मौसममा उनीहरूले विशेष ख्याल पु¥याउनुपर्ने उहाँको सुझाव छ ।

बढ्दो चिसोका कारण खेतीबालीमा समेत असर पर्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खेतबारीमा लगाएका मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरूपमा चिसोबाट प्रभावित भएको कावासोती–११ का किसान हाँसीराम महतो बताउनुभयो ।

आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरूपमा भइरहे पनि बर्सेनि चिसोको प्रकोपबाट यी बाली जोगाउन किसानलाई मुस्किल हुने गरेको छ । यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ ९पारदर्शी प्लास्टिको छानासहितको टहरो० बनाएर त्यसमुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले विषादी पनि छर्किने गरेका छन् । यस्तो अवस्थामा विषादी प्रत्येक सात–आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरूलाई बाली जोगाउनै मुस्किल छ ।

रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा चिसोकोे सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा चिसोको सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीले जनाएको छ ।