१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोड अवस्थामा राखिएको पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । कम्मरमा बाधेको होल्स्टरभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बारा जिल्लाको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट पौष १७ गते एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षिय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलि सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनी शंकास्पद अवस्थामा देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आर.एफ.आई.को एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होल्स्टरभित्र राखेको ४ राउण्ड गोली समेत फेला पारेको हो ।

साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको छ ।

पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाईएको छ ।

यसअघि सोही जिल्लाको महागढी नगरपालिका २ भुटहीमा पौष ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षिय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएको थियो ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पाठएकोमा बाटोमा नै मृत्यु भएको थियो । सो घटना पछि सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गर्दै आएको छ ।