४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

भारतको सर्वोच्च अदालतको फैसला– ‘नोटबन्दीको निर्णय सही थियो’

भारतको सर्वोच्च अदालतको फैसला– ‘नोटबन्दीको निर्णय सही थियो’
अ+ अ-

एजेन्सी । भारतको सर्वोच्च अदालतले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको बताएको छ ।

मोदी नेतृत्वको सरकारले सन् २०१६ मा पाँच सय र हजार दरका भारतीय नोटलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित नोटको विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारले नोटमा लगाएको प्रतिबन्धलाई सही भएको फैसला गरेको हो ।

भारतको केन्द्रीय सरकार र भारतीय रिजर्भ बैंक (आरबीआई) को सहमतिपछि नोटबन्दी गर्ने निर्णय भएको थियो । अदालतले भारतीय रिजर्भ बैंकसँग नोटमाथि प्रतिबन्ध लगाउने स्वतन्त्र अधिकार नभएको भन्दै सरकारको निर्णय सही भएको बताएको हो ।

पाँच जना न्यायाशीश रहेको संवैधानिक इजलासमा चार जना न्यायाधीश नोटबन्दीको पक्षमा रहेका र बाँकी एक जनाले नोटबन्दी सही नभएको भन्दै विपक्षमा आफ्नो भनाइ राखेका थिए ।