१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु
अ अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो ।

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ ।

सो अवसरमा सचिव शर्माले गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पु¥याउनु आजको मुख्य जिम्मेवारी एवं आवश्यकता भएको बताउनुभयो । भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसङ्घले यो वर्षलाई कोदोजन्य वर्षका रुपमा मनाउने निर्णय गरेको हो । ‘खाद्यपोषण सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणको कोदोजन्य बाली’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस वर्ष कोदो बाली वर्ष मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण रहेको बताउनुभयो । मन्त्रालयका अनुसार आव २०७४र७५ मुलुकमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा ओगट्दै आएको छ । नेपालको तराईदेखि समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र विज्ञ श्रीमत श्रेष्ठले मुलुकमा खाद्यान्न उत्पादन घट्न गई आयात बढिरहेको अवस्थामा कोदोजन्य र अरू रैथाने बालीको संरक्षण र विस्तारमा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।

मुलुकको ७७ जिल्लामा कोदो खेती गरिने भए पनि खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा र गोरखाका धेरै क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपालको स्थान १३ औँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले करिब रु चार करोड बराबरको कोदो आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू–भागमा लगाइने महत्वपूर्ण बाली हो । परम्परागतरुपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइकोे खाना हो । पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ ।

सरकारले कोदोजन्य उत्पादन प्रवद्र्धन गर्न मुलुकका एक सय ३३ भन्दा बढी पालिकालाई लक्षित गरी वार्षिक रु २२ करोड रकम विनियोजन गर्दै आएको छ । मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो राम्रो खाना मानिन्छ । पौष्टिक खाद्य तत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ । कोदोजन्य खाद्यबालीको विकासमा क्रियाशील चन्द्रकान्त चौधरी, शुभबहादुर घलान, तिलक ढकाल र सुमन दाहाललगायतले कोदोका परिकारलाई विविधीकरण गर्दै राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइनुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।

मुलुकमा अरुण, भदौरे, चरिकोटे, चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दुधे, झुप्पे, कलोबुङे, कात्तिकैलगायत ५० भन्दा बढी जातका स्थानीय तथा उन्नत जातका ओख्ले, डल्ले, काभ्रे, सैलुङ कोदो लगाउने गरिएको छ । अरू खाद्य बालीका तुलनामा कोदोमा कम रोग लाग्ने विज्ञहरु बताउनुहुन्छ । मुसा, बाँदर र मृगलगायत जङ्गली जनावरबाट बाली जोगाउन निकै चुनौती रहेको कृषकको गुनासो छ । पछिल्लो समय कोदोका मोःमोः सबैको रोजाइमा पर्दै आएको छ ।

रोपेको चारदेखि पाँच महिनामा बाली भित्र्याउन तयार हुने कोदोको मुलुकमा औसत उत्पादनप्रति हेक्टर १ एक दशमलव १ मेट्रिक टन रहेको विभागले जनाएको छ । पछिल्लो समय कोदो गाउँ र सहरलाई जोड्ने महत्वपूर्ण खाद्यवस्तु र परिकार बनेको छ । रासस