१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पिकअप दुर्घटना, एकको मृत्यु, ९ जना घाइते



अ+ अ-

हेटौँडा । मकवानपुरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका राहुलकुमार पण्डितको मृत्यु भएको छ । पण्डितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा विश्रामपुर गाउँपालिका कै अजय चौरसिया,भारत झारखण्ड बस्ने वर्ष ३६ को विजय दास, वीरगन्ज महानगरपालिका १७ बस्ने वर्ष १८ को सुमित गुप्ता, सोही स्थानका वर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ मुसरहवा बस्ने शिवजी साह, धिरज चौरसियापप्पु कुमार गुप्ता र उमेश कुस्वाह घाइते भएका छन् । उनीहरूको हेटौँडाको विभिन्न स्थानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।