१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

भाषण कम, काम बढी गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री दाहाल

भाषण कम, काम बढी गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री दाहाल
अ अ+ अ-

चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको प्रधानमन्त्रीत्वकालमा आफूले भाषण कम र जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको बताउनु भएको छ ।

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले यो पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने तथा नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु ।”

उहाँले अगाडि भन्नुभयो, “मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन । यो कार्यकालमा, म भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु ।”

आफूले प्रधानमन्त्रीको सपथ लिएपछि केही जनपक्षीय निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले प्रधानमन्त्री पदको शपथ लिएदेखि पहिलो क्याबिनेट बैठकबाट देशको अगाडि अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता देखिएको र त्यस संकटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुलाई नियन्त्रण र सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इंगित गरेर मैले निर्णय गरेको छु ।”

उहाँले जनतालाई पिरमर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने मैले संकल्प लिएको छु भन्नुभयो ।

आफू प्रधानमन्त्री पदमा नियुक्त भएपछि राजधानी बाहिर पहिलो पटक शिक्षासँग सम्बन्धित सार्वजनिक समारोहमा सहभागी हुन पाएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस मञ्चबाट सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न हामी एकजुट हौं भनेर अपिल पनि गर्नुभयो ।