२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो छल्न विद्यालय बिदा



अ+ अ-

महोत्तरी । जाडोपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो ।

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् ।

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए । मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ ।

यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ । नगरभित्रका पाँच सय जना ‘सुनौलो हजार दिन’ अभियानमा आबद्ध आमा छन् । नगरपालिकाले मधेस प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा नगर क्षेत्रका स्वास्थ्यचौकीमार्फत आमाहरूलाई पोषिलो आहारसहितको झोला वितरण गरेको हो । झोलामा एक–एक किलोग्राम परिमाणमा मिठो दलिया, दाल मिश्रित खिचड़ी र स्पेशल खिर सुपर प्लससहितका खाद्य परिकार दिइएको छ ।

यसैबीच बढ्दो चिसोलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले प्रकोप हुन नदिन पूर्वतयारीका काम थालेको छ ।

यसक्रममा गरिब बस्तीमा आवश्यक न्यानो कपडाको बन्दोबस्त, आगो बाल्ने दाउरा र स्वास्थ्य जाँच एवं उपचारका लागि विभिन्न सामाजिक सङ्संस्था तथा स्थानीय तहको समन्वयमा जनशक्ति व्यवस्थापनको पूर्वतयारी थालिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।