• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहाल सरकारी निवासमा, साँचो पुत्री गंगालाई हस्तान्तरण



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सर्नुभएको छ । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उहाँ आज साँझ सरकारी निवास सर्नुभएको हो ।

बालुवाटार प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री दाहाल पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभयो ।

 

अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको छ । रासस