२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी नपर्दा सुक्खापन बढ्यो, हिउँदे बालीलाई असर



फाईल फोटो
अ+ अ-

काठमाडौँ । लामो समयदेखि पानी नपर्दा नेपालका अधिकांश भू–भागमा सुक्खापन बढेको देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पानी नपर्दा देशभर सुक्खापन बढेको जनाएको हो । पानी नपरेकै कारण प्रदूषण समेत बढ्दै गएको बताइएको छ । केही दिनअघि केही ठाउँमा फाट्टफुट्ट पानी परे पनि राम्ररी वर्षा भने हुन सकेको छैन ।

उता पानी नपर्दा बढेको सुक्खापनले कृषि क्षेत्रमा पनि असर पर्न थालेको बताइएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार सामान्यतया मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुस १३ सम्म पानी पर्न सकेको छैन । उहाँका अनुसार तत्काललाई पानी पर्ने सम्भावना पनि छैन ।

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुने भएपनि अहिले नेपालमा पश्चिमी वायुको प्रभाव सामान्य परिरहे पनि त्यो शक्तिशाली नहुँदा पानी पर्न नसकेको मौसमविद् कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “यही प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात् भइरहेको छ । पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बदली र तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने गरेको छ । तर, पानी पार्ने गरी सक्रिय नहुँदा वर्षा हुन सकेको छैन ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया काठमाडाँैमा डिसेम्बर महिनामा १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्छ । तर, यो वर्ष आज डिसेम्बर २८ सम्म पनि पानी पर्न सकेको छैन । पानी नपर्दा काठमाडाँैसहित सबैजसो ठाउँमा सुक्खापन बढेको छ ।

उता वर्षा नभई प्रदूषणसँगै सुक्खापन समेत बढेकाले आगलागीका घटना पनि बढ्न थालेका छन् । आज हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । उता लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ भने अरु ठाउँको मौसम भने सामान्यता सफा नै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।