३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

नारायणी नदीमा मोटरबोट

नारायणी नदीमा मोटरबोट
अ+ अ-

भरतपुर । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् ।

नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ ।

कालिका नगरपालिका– ५ बाट आउनुभएकी बालिका कँडेल मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताउनुभयो । उहाँले मोटरबोट चढेर यहाँको दृश्य अवलोकन गर्न पाउँदा निकै रामइलो लागको अनुभव सुनाउनुभयो । खाली समयको सदुपयोग गर्नमात्रै नभएर विशेष दिनमासमेत रमाइलो गर्नका लागि पनि नदी किनार आउनेको सङ्ख्या उत्तिकै छ ।

नारायणी नदीमा सञ्चालन भएको मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको भीड बढ्दै गएको व्यवसायी बताउँछन् । चितवन भएर यात्रा गर्नेहरु नारायणी नदीमा मोटरबोटको मज्जा लिएर जाने गरेका छन् ।

नदी किनारमा मोटरबोट चढ्नका लागि सामान्य दिनको तुलनामा बिदाको दिनमा आन्तरिक पर्यटकहरु धेरै आउने गरेमने रङ्गमहल रिभरल्याण्ड प्रालिका क्याप्टेन विजय तामाङले बताउनुभयो । नारायणी किनारमा बिहानको समयमा मर्निङ वाक र योग गर्नेको चाप हुन्छ । दिउँसो भने सबै उमेर समूहका मानिस यहाँ आउने गरेका छन् ।

मुलुककै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनमा नारायणी नदीको मोटरबोटले छुट्टै आकर्षण थपेको उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । उहाँले मोटरबोट चढ्न आउने आन्तरिक पर्यटकको वृद्धि भएसँगै व्यवसायीले मोटरबोटमा करोडौँको लगानी गरेको जानकारी दिनुभयो । नारायणी नदी किनारमा सञ्चालित मोटरबोट चितवनको नयाँ मनोरञ्जन केन्द्रको रुपमा स्थापित हुँदै गएको युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारी बताउनुहुन्छ । नारायणी नदीमा मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताउनुभयो ।

मोटरबोट चढ्न दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको उहाँले जानकारी दिनुभयो । शनिबारको दिन भने बढी आउने गरेका छन् । भरतपुर महानगरपालिका–१ का वडासदस्य मनोज घिमिरेले मोटरबोट र नदी किनार व्यवस्थित गराउने काम गरिएको बताउनुभयो । उहाँले किनारमा व्यापार व्यवसाय गर्ने र घुम्ने ठाउँलाई निश्चित क्षेत्र तोकेर काम गरिएको जानकारी दिनुभयो । केन्द्र सरकार र महानगरपालिकाले बजेट विनियोजन गरेर नदी किनारलाई आकर्षक बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।

नारायणी नदीमा हाल विभिन्न कम्पनीका २३ मोटरबोट सञ्चालनमा रहेका छन् । ऐतिहासिक नगरवन क्षेत्र, नारायणी नदी, विभिन्न मठमन्दिरलगायत रहेकाले पनि यो क्षेत्र पर्यटकका लागि आर्कषक रहेको छ ।