३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

विशेष महाधिवेशन र सभापतिको राजिनामा बारे केन्द्रिय समितिको बैठकमा छलफल हुन्छः सहमहामन्त्री पाण्डे(भिडियोसहित)

विशेष महाधिवेशन र  सभापतिको राजिनामा बारे केन्द्रिय समितिको बैठकमा छलफल हुन्छः सहमहामन्त्री पाण्डे(भिडियोसहित)
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्य रुपमा काँग्रेसीहरुले लिन नमिल्ने बताउनुभएको छ ।

बुधवार काँग्रेस संस्थनापन इतरपक्षहरुको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । सहमहामन्त्री परियारले काँग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको बताउनु भयो । उहाँले राजनीतिक रुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरंगित बनेको बताउनु भयो ।

उहाँले केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुन जरुरी रहेको बताउनु भयो । उहाँले संस्थापन इतर पक्षको बैठकमा पुस १० गतेको राजनीतिक घटनाक्रम समसामयिक राजनीतिको विषयमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा विशेष महाविधेशन बोलाउने कुरामा छलफल नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले केन्द्रिय कार्यसमितिको बैठकमा काँग्रेसका पार्टीले देशभरका जनताको भरोसालाई निराशामा पैदा गरेको बारेमा पनि छलफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको छलफलमा पुस १० गतेको घटना सामान्य घटना होइन । नेपाली काँग्रेसको विषयमा कुरा गरेका छौँ । हामीले धेरै ठूलो तात्विक असर गर्छ । राजनीतिक रुपमा यो घटनाले सिंगो देशलाई तरंगित बनाएको छ । जनताको भरोसा र विश्वासलाई हाम्रो नेतृत्वले दिन सकेन । केन्द्रिय कार्यसमितिको बैठकमा यसको समीक्षा हुनुपर्छ । पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भयो । अहिले नै हामीले विशेष महाधिवेशन बोलाउने कुरा विविध विषयको बारेमा छलफल भएको छैन । केन्द्रिय कार्यसमितिका साथीहरुको भेलामा देशभरमा निराशा पैदा भएकोबारे गम्भीर छलफल गर्नेछौँ ।’

पार्टीका अर्का सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रिय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताउनु भयो । उहाँले पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको भएपनि कार्यसमितिको बैठकमा यसबारेमा चर्चा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा निराशा भएको कुरामा कसले कहाँबाट गल्ती भएको हो त्यसमा समीक्षा हुनुपर्छ भन्नेबारेमा खुला ढंगले छलफल गर्नेछौँ । हाम्रो निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भुमिकामा कसरी प्रभावशाली बन्ने बारेमा केन्द्रिय कार्यसमितिमा छलफल हुनेछ । पार्टी पंक्तिमा र जनस्तरमा विशेष महाधिवेशन बोलाउने र पार्टी सभापतिले राजिनामा दिनुपर्छ भन्नेबारेमा माग उठेको छ । यो विषय कार्यसमितिको बैठकमा निर्णयमा पु¥याउनु पर्छ ।’

नेपाली काँग्रेस संस्थापन इतर पक्षको बैठकमा काँग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोईराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।