• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

कुमारी बैंकमा एनसिसी बैंकको मर्जर पूरा, पुस १७ गतेदेखि एकीकृत कारोबार



काठमाडौंः नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसिसी बैंकबीच मर्जरको कार्य पूरा भएको जनाउँदै आगामी पुस १७ गते आइतबारदेखि कुमारी बैंकका नामबाट एकीकृत कारोबार गर्ने बताएको छ ।

राष्ट्र बैंकले आज प्रकाशन गरेको सूचनामा राष्ट्र बैंकको संचालक समितिको निर्णय अनुसार कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुबै संस्थाबाट संचालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रुपमा यही पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नामबाट संचालन गर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहित गरेसँगै विभिन्न बैंक र वित्तीय संस्थाहरु मर्जर भइरहेका छन् । पछिल्लो समय ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं पनि मर्ज भई एकीकृत कारोबार सुरु भइसकेको छ ।

साथै नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, हिमालयन बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंकहरु पनि विभिन्न बैंकसँग मर्जरको प्रकृयामा रहेका छन् ।