• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो टोटेनहम



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ब्रेन्टफोर्डका लागि खेलको १५ औं मिनेटमा भीटाली जान्लेटले तथा ५४ औं मिनेटमा इमान टोनीले गोल गरे । यस्तै, टोटेनहमलाई हारबाट जोगाउन ६६ औं मिनेटमा ह्यारी केनले तथा ७१ औं मिनेटमा पिएरे एमील ओज्वर्गले गोल गरे ।

बराबरीको नतिजापछि टोटेनहम १६ खेलबाट ३० अंकसहित तालिकाको चौंथो स्थानमा रहँदा समान खेलबाट २० अंक जोडेको ब्रेन्टफोर्ड १० औं स्थानमा छ ।