१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

प्रिमियर लिगः आर्सनलले वेस्ट हामलाई हरायो

प्रिमियर लिगः आर्सनलले वेस्ट हामलाई हरायो
अ अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा ‘लिग लिडर’ आर्सनलले वेस्ट हाम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

आर्सनललाई घरेलु मैदानमा जित दिलाउन बुकायो साका, गाब्रियल मार्टीनेली र एड्डी केटियाहले गोल गरे । वेस्ट हामका सइद बेनरामाले एक गोल गरे ।

खेलको २७ औं मिनेटमा बेनरामाले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट हामलाई सुरुवाती अग्रता दिलाएका थिए । आर्सनलका डिफेन्डर विलियम सालिवाले वेस्ट हामका बोइनलाई डी–बक्सभित्र लडाएपछि वेस्ट हामले पेनाल्टी पाएको थियो ।

दोस्रो हाफमा आर्सनल खेलमा फर्कियो । ५३ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए । मार्टिन ओडेगार्डले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले सुन्दर गोल गरे ।

यस्तै, ५९ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । उनलाई ग्रानिट जाकाले पास उपलब्ध गराए । ६९ औं मिनेटमा केटियाहले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । उनलाई ओडेगार्ड पास उपलब्ध गराए ।

जितसँगै १५ खेलबाट ४० अंकसहित आर्सनल अंकतालिकाको शीर्ष स्थानमा कायम छ । पराजित वेस्ट हाम १६ खेलबाट १४ अंकसहित १६ औं स्थानमा छ ।