१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

काठमाडौँ महानगरका उपप्रमुख डङ्गोलद्धारा आश्रमका ज्येष्ठ नागरिकलाई भोजनसेवा

काठमाडौँ महानगरका उपप्रमुख डङ्गोलद्धारा आश्रमका ज्येष्ठ नागरिकलाई भोजनसेवा
अ अ+ अ-

काठमाडौँ । ज्येष्ठ नागरिक दिवसको अबसरमा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई आज भोजनसेवा गराउनुभएको छ ।

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा आश्रममा आश्रित ज्ेष्ठ नागरिकसहित २०० बेसहारा तथा असहायहरुलाई आज भोजनसेवा गराइएको हो ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको दिनको स्मरणमा गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो । यो वर्ष आज दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइदैछ । सो क्रममा उपप्रमुख डङ्गोलले मानवसेवा आश्रम आफ्नो परिवारजस्तो भएको बताउँदै ज्येष्ठ नागरिकहरुको सम्मान हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य आश्रित व्यक्तिहरुलाई भोजनसमेत गराउनुभएको थियो । “मानवसेवा आश्रममा आउँदा र यहाँका आश्रित मानवहरुलाई भेटेपछि मलाई अझै बढी उर्जा र जिम्मेवारी महसुस हुन्छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “अग्रज र इतिहासको सदैब कदर गर्नुपर्छ अग्रजको सम्मन र माया पनि गर्नुपर्छ ज्येष्ठ नागरिकका लागि कर्तव्य पुरा पनि पनि जाग्नुपर्छ ।” उहाँले सहयोगापेक्षी सडकमानवहरुका लागि आफुले र महानगरले गर्नसक्ने सबै कार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

उपप्रमुख डङ्गोलले हाल मानवता प्रावद्र्धनका लागि महिनाव्यापी रुपमा आयोजित साङ्गीतिक यात्राका क्रममा यही १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागिरहेको नेपथ्य लाइभ कन्सर्टमा सहभागि भई मानवीय सेवामा सहयोग गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ । उहाँ काठमाडौँ महानगरको उपप्रमुख हुनु अघि देखिनै सडक आश्रित मानवहरुको उद्धारमा सक्रिय हुँदै आउनुभएको थियो ।

उक्त समारोहमा मानवसेवा आश्रमका केन्द्रिय सचिव तथा प्रवक्ता सुमन वर्ताैलाले आश्रमको सेवा कार्यलाई प्रभावकारी बनाउन तथा मानवता प्रवद्र्धनका लागि यसपटक मुलुकका प्रमुख १० शहरमा आयोजना गरिएको संङ्गीत यात्राको अन्तिम कार्यक्रम यही १६ गते भृकुटीमण्डपमा हुने जानकारी गराउँदै त्यसमा सहभागि हुन काठमाडौँबासीमा अनुरोध गर्नुभयो । उहाँले सडकआश्रित मानवका लागि काठमाडौँ महानगरपालिकाको महत्वपूर्ण योगदान रहँदै आएको बताउनुभयो ।

काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा हाल सडकबाट उद्धार गरिएका २०० जना असहाय, तथा बेसहारा सडकमानवहरु ऋाश्रित छन् । १० वर्षको अबधिमा १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको आश्रममा अहिले एक हजार ६०० सडकमानव तथा असहाय मनोरोगीहरु आश्रित छन् ।