• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

काठमाडौँ महानगरका उपप्रमुख डङ्गोलद्धारा आश्रमका ज्येष्ठ नागरिकलाई भोजनसेवा



काठमाडौँ । ज्येष्ठ नागरिक दिवसको अबसरमा काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई आज भोजनसेवा गराउनुभएको छ ।

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा आश्रममा आश्रित ज्ेष्ठ नागरिकसहित २०० बेसहारा तथा असहायहरुलाई आज भोजनसेवा गराइएको हो ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको दिनको स्मरणमा गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो । यो वर्ष आज दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइदैछ । सो क्रममा उपप्रमुख डङ्गोलले मानवसेवा आश्रम आफ्नो परिवारजस्तो भएको बताउँदै ज्येष्ठ नागरिकहरुको सम्मान हामी सबैको कर्तव्य भएको बताउनुभयो ।

उहाँले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य आश्रित व्यक्तिहरुलाई भोजनसमेत गराउनुभएको थियो । “मानवसेवा आश्रममा आउँदा र यहाँका आश्रित मानवहरुलाई भेटेपछि मलाई अझै बढी उर्जा र जिम्मेवारी महसुस हुन्छ”, उपप्रमुख डङ्गोलले भन्नुभयो, “अग्रज र इतिहासको सदैब कदर गर्नुपर्छ अग्रजको सम्मन र माया पनि गर्नुपर्छ ज्येष्ठ नागरिकका लागि कर्तव्य पुरा पनि पनि जाग्नुपर्छ ।” उहाँले सहयोगापेक्षी सडकमानवहरुका लागि आफुले र महानगरले गर्नसक्ने सबै कार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

उपप्रमुख डङ्गोलले हाल मानवता प्रावद्र्धनका लागि महिनाव्यापी रुपमा आयोजित साङ्गीतिक यात्राका क्रममा यही १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागिरहेको नेपथ्य लाइभ कन्सर्टमा सहभागि भई मानवीय सेवामा सहयोग गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ । उहाँ काठमाडौँ महानगरको उपप्रमुख हुनु अघि देखिनै सडक आश्रित मानवहरुको उद्धारमा सक्रिय हुँदै आउनुभएको थियो ।

उक्त समारोहमा मानवसेवा आश्रमका केन्द्रिय सचिव तथा प्रवक्ता सुमन वर्ताैलाले आश्रमको सेवा कार्यलाई प्रभावकारी बनाउन तथा मानवता प्रवद्र्धनका लागि यसपटक मुलुकका प्रमुख १० शहरमा आयोजना गरिएको संङ्गीत यात्राको अन्तिम कार्यक्रम यही १६ गते भृकुटीमण्डपमा हुने जानकारी गराउँदै त्यसमा सहभागि हुन काठमाडौँबासीमा अनुरोध गर्नुभयो । उहाँले सडकआश्रित मानवका लागि काठमाडौँ महानगरपालिकाको महत्वपूर्ण योगदान रहँदै आएको बताउनुभयो ।

काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा हाल सडकबाट उद्धार गरिएका २०० जना असहाय, तथा बेसहारा सडकमानवहरु ऋाश्रित छन् । १० वर्षको अबधिमा १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको आश्रममा अहिले एक हजार ६०० सडकमानव तथा असहाय मनोरोगीहरु आश्रित छन् ।