९ माघ २०८१, बुधबार
,
Latest
काठमाडौँ परिसरको प्रवक्तामा डीएसपी पूर्णिमा चन्द सभापति कप भोलिदेखि राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार सहभागी हुने रास्वपा खेलकुद बिभाग द्वारा खेलाडी सम्मान देउवा भन्छन्- एमसीसीको विरोध गर्नेहरुले यो ऋण होइन अनुदान रहेछ भन्ने कुरा बल्ल बुझे सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेश: सपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणलगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालायले जनाएको छ ।

मधेश प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिनुभयो । “दलहरुसँगको समन्वयमा बैठक बस्दैछ”, सचिव यादवले भन्नुभयो, “त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।”

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुन बमोजिम शपथ लिनुपर्नेछ । त्यसैगरी संविधानको धारा १८३(१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने छ ।

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नु पर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताउनुभयो ।