• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

टेलिभिजन अभिनेत्री शर्माले सुटिङ सेटमै झुण्डिएर आत्महत्या गरिन्



एजेन्सी । टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार मुम्बईको सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

२० वर्षीया तुनिषा म्युजिक भिडियो खिच्न लागेकी थिइन् । सेटमा रहेका मानिसहरूले उनलाई झुण्डिएको देखेर अस्पताल लगे तर बाटोमै उनको मृत्यु भयो ।

आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन । आत्महत्या गर्नुअघि तुनिषा पूर्णतया सामान्य थिइन् र ५ घण्टाअघि उनले इन्स्टाग्राममा आफ्नो फोटो र केही नोट सेयर गरेकी थिइन् ।

उनले कट्रिना कैफको फिल्म ‘फितूर’मा आफ्नो बाल्यकालको भूमिका निर्वाह गरेकी छिन् । यसबाहेक उनले अलिबाबा दास्ताने काबुलमा राजकुमारी मरियमको भूमिका निभाएकी थिइन् । यसबाहेक उनले बार बार देखो, कहानी–२, दबंग–३ जस्ता चलचित्रमा बाल कलाकारको रुपमा पनि काम गरिसकेकी छिन् ।

२० वर्षीया तुनिषाले टिभी शो भारत का वीर पुत्र-महाराणा प्रतापबाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनी चक्रवर्तिन अशोक सम्राट, गब्बर पुन्चवाला, शेर-ए-पंजाब: महाराणा रंजित सिंह, इन्टरनेट वाला लभइश्क शुभान अल्लाह जस्ता सिरियलहरूमा पनि देखिएकी थिइन् ।