९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’



अ+ अ-

काठमाडैँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

छिमेकी राष्ट्रहरुमा उक्त भेरियन्टको सङ्क्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको र प्रारम्भिक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई सङ्क्रमण गर्ने देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले रोकथाम एवम् नियन्त्रणका लागि सबै सजग एवम् सचेत हुन जरुरी छ ।

इसाई धर्मावलम्बीको महान् पर्व क्रिस्मस तथा अङ्ग्रेजी नयाँ वर्ष, २०२३ नजिकिँदै गरेको अवस्थालाई दृष्टिगत गर्दै कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर नियमित प्रयोग गर्नेलगायत जनस्वास्थ्यका मापदण्ड नियमित पालना गर्न/गराउन साथै कोभिड–१९ को अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन बाँकी रहेकाहरुले स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अपिल गरेको छ ।




भर्खरै