२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गुरु र गुरुकुलले हामीलाई के दियो ?

गुरु र गुरुकुलले हामीलाई के दियो ?
अ अ+ अ-

गुरु ज्ञानको प्रतीक हो, विज्ञानको आभा हो, संस्कारको जरो हो, परम्पराको सन्देशवाहक हो । गुरु कुनै जात, धर्म, वर्ग, वर्णविशेषको मात्र हुँदैन । कुल र मूललाई जोगाउन गुरुको भूमिका अहं हुन्छ । वैदिकशास्त्रले वंशकुल (आमाबुबाबाट जन्मिएको) र गुरुकुल (गुरुसँग शिक्षादीक्षा लिएको) गरी दुई कुललाई आदरणीय मानेका छन् । गुरु पितासरहको अभिभावक हुन्छ, देवीदेवताजस्तै पुज्य हुन्छ, श्रद्धेय हुन्छ, उदाहरणीय हुन्छ, बाटो देखाउने हुन्छ, अन्धकारबाट मुक्त गराउने हुन्छ, समस्याबाट मुक्त दिने हुन्छ ।

हरेक महान् मानिसका पछाडि गुरुको हात एवं आशीर्वाद लुकेकै हुन्छ । गुरुले ज्ञान, अनुभव, सीप–कला आदि दिएर बनाएको सन्तानलाई नादवंश भनिन्छ । गुरुकुलले विद्या, संस्कार, सीप, परम्परा आदिलाई एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्छ । गोत्र र प्रवर, समाज र स्रष्टाको तन्तुलाई जोड्न गुरुकुलको महत्वपूर्ण योगदान थियो । संस्कृतभाषा पढेर, तिलक चन्दन लगाएर कर्मकाण्ड गर्न सक्ने जसले बनाउँछ त्यसलाई गुरु मान्ने विडम्बना छ ।

परशुरामले भीष्मपितामहलाई, द्रोणाचार्यले अर्जुनलाई संस्कृतभाषा र कर्मकाण्ड होइन धनुर्विद्या सिकाएका थिए । यसैले सीप, अनुभव, ज्ञान जसबाट पाइन्छ त्यसलाई गुरु भनिन्छ । दतात्रयले २४ गुरु बनाए जसमा जनावर पनि पर्छन् । वंशकुलले जात र वर्णको परिचय दिन्छ भने गुरुकुलले साधना, शस्त्र एवं शास्त्रपरम्पराको जानकारी दिन्छ । यसरी गुरुकुलले आर्यावर्तमा ध्यान, धन, ज्ञान र विज्ञानलाई संरक्षण गरेको थियो । व्रतबन्धदेखि २५ वर्षसम्म गुरुको आश्रममा बसेर ब्रह्मचर्य पालनसहित अध्ययन गर्नुपर्दथ्यो । गुरुमा भए जति ज्ञान र अनुभव छात्र–छात्रालाई पढाइदिने, सिकाइदिने, अभ्यास गराइदिने परम्परा थियो ।

गुरुकुलहरू जङ्कल एवं प्राकृतिक स्वरूपले सुन्दर, शान्त ठाउँमा हुन्थे । गुरुकुलमा नर(मानिस)लाई नारायण बनाइन्थ्यो । जहाँ शास्त्र र शस्त्रको अभ्यास हुन्थ्यो । माला र भाला चलाउन सिकाइन्थ्यो । शिक्षा र संस्कारको हस्तान्तरण गरिन्थ्यो । पारङ्गत गुरुहरूसँग शिष्यहरूले विधिसम्मत तरिकाबाट ज्ञान लिन्थे । षड्शास्त्र, चौसठ्ठीकलालाई जीवन र जगत् उपयोगी बनाउन गुरुले उपयुक्त शिष्यको छनौट गर्थे । शिष्यहरुले रुची, आवश्यकता, परम्पराअनुसार विद्या आर्जन गर्थे । ब्रह्मतŒव जानेको, परम्परालाई अनुभूत गरेको, दक्ष शिक्षकलाई गुरु भनिन्छ ।

विद्यार्थीभित्रको अँध्यारो हटाई ज्ञानको ज्योति बालिदिने ईश्वरको प्रतिनिधि नै गुरु हो । शारीरिक र मानसिक शक्ति बढाउन गुरुले शिष्यलाई अभ्यास गराउँथे । उनीहरूले ज्ञानार्थीहरूलाई छात्रछात्रा बनाउँथे । मेकालेको शिक्षाले जरा गाडेपछि, पश्चिमाको हुण्डी चल्न थालेपछि हाम्रा गुरुहरु माष्टर र सरमा बदलिए । शिष्यहरु विद्यार्थीमा रुपान्तरण भए । गुरु र गुरुकुल छँदासम्म आर्थिक अभावले शिक्षाबाट विमुख हुनुपर्ने अवस्था थिएन । यसैले आर्यावतमा सबै साक्षारमात्र थिएनन् शिक्षितसमेत थिए । यसैले त पुष्पक विमान, ब्रह्मास्त्र, देव्यास्त्र यही बनेँ ।

महादेवले दक्षप्रजापतिको शिरमा बोकाको टाउको, गणेशमा हातीको टाउको जोडिदिए । यो सबै गुरु र गुरुकुलको प्रतिफल हो । पश्चिमाको विज्ञान आउनुपूर्व ज्योतिषले खगोलको अध्ययन गरेको थियो । आयुर्वेदले उपचारमा टेवा दिएको थियो । मन्त्र, तन्त्र र यन्त्रको विकासले मानिसको जीवनयापन सहज बनाएको थियो । एउटै गुरुलाई सबै विषयको ज्ञान हुँदैन, जसलाई जुन क्षेत्रको ज्ञान हुन्छ त्यही सिकाउने हो । गीता(४।३४)ले भनेको छ– “ज्ञान दिनेलाई साष्टाङ्कदण्डवत् गरी अत्यन्त विनीत भावले प्रश्न गर्नुपर्छ अनि ज्ञानी र तŒवदर्शी गुरुहरूले उपदेश गर्नेछन् ।”

गुरुकुलमा माष्टर, सर, टिचरले होइन गुरुआमा र गुरुबाले जीवन र जगत्लाई पढाउनुहुन्थ्यो । रामले आफूलाई विश्वामित्रका शिष्य, रावणले महादेवको भक्त, भीष्मपितामहले परशुराम शिष्य भन्न रुचाउँथे । गुरुकुलले शिष्य र छात्रछात्रामात्र उत्पादन गर्दथे । ‘शिष् अनुशिष्टौ’ र ‘शाष् अनुसिष्टौ ’ धातुबाट ‘शिष्य’ शब्द बन्दछ । ‘शासितुं योग्य शिष्यः’ अनुशासित गुरुको शासन एवं अनुशासनमा रहेर अध्ययन गर्न रमाउने योग्य व्यक्ति नै शिष्य हो ।  हजारौँ शिष्यहरूमध्येबाट थोरै छात्र बन्दथे । ‘गुरोर्दोषावरणं छत्रमस्यास्तीति छात्रः’ अर्थात् गुरुमा भएका दोषलाई त्यागेर राम्रा गुण, ज्ञान लिनेलाई छात्रछात्रा भनिन्छ । हाम्रा गुरुकुलमा विद्यार्थी हुँदैनथे ।

‘अर्थ प्रयोजनं अस्यास्तीति अर्थी’ कुनै प्रयोजन वा स्वार्थका लागि काम गर्नेलाई अर्थी भनिन्छ । ‘विद्याया अर्थी विद्यार्थी’  अर्थात् विद्या प्राप्त गर्ने अर्थी (स्वार्थी) नै विद्यार्थी हो । विद्यार्थीले अध्ययनपछि न त गुरुलाई सम्झन्छ, न त समाज र राष्ट्रलाई हित गर्दछ । गुरुकुल र गुरुले शिष्य र छात्र उत्पन्न गर्छन् । गुरुमाथि श्रद्धा र विश्वास गर्नेको ज्ञान, सीप, आशीर्वाद फलीभूत र जीवनोपयोगी हुन्छ । त्यसैले ब्रह्मा, विष्णु र महादेवका रूपमा गुरुको पूजा हुन्छ । 

हाम्रो भूगोलमा अर्थको अभावले अध्ययन रोकिँदैनथ्यो । अध्ययन गरेकाहरुबाट समाज र राष्ट्र लाभाविन्ति हुन्थ्यो । गुरुलाई देख्दा मानिसमा श्रद्धा उत्पन्न हुन्थ्यो । गुरुकुलमा लगानी गर्न पाउनुलाई सौभाग्य सम्झन्थे । गुरुले  शिष्यलाई छोरा–छोरी एवं शिष्यहरूले शिक्षक–शिक्षिकालाई माता–पिता सम्झन्थे । अध्ययनकालमा राजाको सन्तान र कङ्कालको वंशमा विभेद हुँदैनथ्यो । सुदामा र कृष्णलाई सान्दिपनि गुरुले समभावले पढाए । शिष्यले अध्ययनकालमा शुल्कको बिटो तिर्नुपर्दैनथ्यो । समावर्तन(डिग्री पास) वा स्नातकव्रत पुरा भएपछि गुरुबाट आज्ञा लिएर सकेका क्षमताअनुसार दक्षिणा दिनुपर्छ  भन्ने मान्यता थियो ।

अध्ययनपद्धतिका आधारमा आचार्य पारस्करले स्नातक तीन  प्रकारका  बताएका छन्– विद्यास्नातक (सम्पूर्ण विद्या अध्ययन ग¥यो तर ब्रह्मचर्यसहित पालन गरेन), व्रतस्नातक (ब्रह्मचर्यको पालन ग-यो सम्पूर्ण विद्या अध्ययन गर्न सकेन) र विद्याव्रतस्नातक (ब्रह्मचर्यको पालनासहित सम्पूर्ण विद्याको अध्ययन ग¥यो) । स्नातकहरूलाई समाज र राष्ट्रका गहना मानिन्थे, ज्ञान र अभ्यासले योग्य हुन्थे, गुरु र आश्रमका नामले चिनिन्थे ।    

नेपाल गुरुराष्ट्र हो । गायत्रीमन्त्री गौरीशंकर हिमालले दियो, वेदव्यासलाई दमौलीले जन्मायो, गौतमबुद्धलाई कपिलवस्तुले उत्पादन गरेको थियो । वेदका अधिकांश मन्त्रहरु यहीँ मन्त्रद्रष्टा ऋषि एवं ऋषिकाले देखेका थिए । पुराणको लेखन वेदव्यासले यही गरे । यही भूमिको अन्न र पानी पिएर, यहीँको हावा लिएर वेदव्यासले वेदको संकलन एवं विभाजन गरे । यसैले गुरुपूर्णिमाको दिनलाई व्यासपूर्णिमा पनि भनिन्छ ।

गुरुको वचनलाई आशीर्वाद र मन्त्र मानेर उहाँका चरणकमलमा शिर राख्नेहरू वेदव्यास, गोरखनाथ, षडानन, स्वर्गद्वारीमहाप्रभू, फल्गुनन्द महागुरु, योगी नरहरिनाथ, डा. स्वामी प्रपन्नाचार्यजस्ता उदाहरणीय शिष्य बन्दछन् । गुरु अध्ययनकालमा मात्र होइन जीवनभर हरेक क्षेत्रमा आवश्यक पर्छ । गुरुविनाको राजनीति, गुरुविनाको प्रशासन, गुरुविनाको संस्कारले गति लिन सक्दैन ।

हामीसँग धर्म, राजनीति, अर्थतन्त्रलगायतका गुरु हुँदासम्म नेपाल राष्ट्र स्वर्ग थियो । अहिले सुनको कचौरा लिएर भिक्षाटनका लागि निस्कनुपर्ने अवस्था आएको छ । यहाँ कुनै पनि क्षेत्रमा गुरु पाउन गाह्रो छ । गुरुले विद्याको तन्तुलाई तन्काउन, जोगाउन र जगाउन सिकाउँछन् । हरेक ज्ञान र सीपको मलजल गुरुले गर्छन् । गुरु आज्ञाविना अघि बढ्दा दुर्योधन, बर्बरीको हालत हुन्छ । गुरु आगो हो, शिष्य सुन हो ।

हाम्रो ज्ञान, विज्ञान, ध्यान आदि हराउँदै जानाले हरेक विषयको जानकारी लिन पश्चिमालाई पुकार्नुपर्ने अवस्था आएको छ । यस्तो ज्ञान हराउनुमा गुरु परम्परा कमजोर भयो, गुरुकुल हराउँदै गयो । गुरुकुलमा अब आर्थिक अभावमा परेका, आरक्षण र संरक्षण नपाएकाहरु बस्ने स्थलजस्तो बन्दै गएको छ । केही गुरुकुल जातभातमा अल्झिएर पैतृक विरासतलाई भुल्दै छन् । केही गुरुकुल चलाउने नाममा व्यक्ति मोटाएका छन् तथापि केही गुरुकुलले पौरस्त्य ज्ञान, विज्ञान र प्रविधिलाई उजागर गर्दैछन् । अंग्रेजी नै पढ्नु र बोल्नुपर्ने रोगले गर्दा गुरु दुब्लाएका छन्, गुरुकुल खुइलिएका छन् । 

धर्मनिरपेक्ष भएपछि गुरुहरुको जरा उखलिएको छ, गुरुकुलहरुको मेरुदण्ड खुस्किएको छ । गुरुकुलले शिक्षा र संस्कारको, वंशकुलले परिवार र संस्कृतिको जर्गेना गरेको थियो । अहिलेसम्म गुरुकुलले अनाथलाई आरक्षण, असक्तलाई आश्रय, भोकालाई भोजन, भक्तलाई भजनका माध्यमबाट संरक्षण दिएको छ । गुरु नहुँदा ज्ञान ओइलिन्छ, संस्कार चाउरिन्छ, धर्म खुम्चिन्छ, परम्परा लर्खराउँछ ।

ज्ञानलाई बचाई राख्न, विज्ञानलाई फूलाई रहन, विवेकलाई जगाइरहन गुरु र गुरुकुलको अपरिहार्यता दिन प्रतिदिन बढ्दै गइरहेको छ । आर्थिक रुपमा सम्पन्न, पदीय रुपमा उच्च भएर पनि अहिले शान्ति छैन, आनन्द छैन, एक आपसमा विश्वास छैन किन कि हामीलाई परमात्मासम्म पु¥याउने गुरु छैन । नेपालले अनेकौँ गुरु, साधु, ऋषि जन्मायो । अनेक विधा र विद्यालाई हुर्कायो । यो सबै गुरु र गुरुकुलबाट सम्भव भएकाले गुरुपूर्णिमामात्र नमनाऊँ गुरुलाई जोगाउँ, गुरुकुललाई फैलाऊँ ।