• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान



तुलसीपुर । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क ।

उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन् । न त उनी बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन् । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो ।

तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रुपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उनले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे । “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उनले भने ।

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थाल्नु भएको हो । उनले केही डस्टबिन त्यहाँ राख्नुभयो र फोहर राख्न अनुरोध गरे । “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उनले भने, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो ।” उनी तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन् ।

विसं २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थालेका हुन् । सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो । “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उनले भने, “त्यसपछि केही साथीहरु थपिनुभयो ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने ।

“पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उनले भने, “हामीले सचेतना फैलाउने हो ।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन् ।

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन् । यातायात व्यवसायी टङ्क विक भन्छन्, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ ।” उनीहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ ।