३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान

‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान
अ+ अ-

तुलसीपुर । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क ।

उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन् । न त उनी बसपार्क सफा गर्ने कर्मचारी नै हो । तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन् । यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो ।

तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रुपमा फोहर फालिएको थियो । तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उनले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे । “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उनले भने ।

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थाल्नु भएको हो । उनले केही डस्टबिन त्यहाँ राख्नुभयो र फोहर राख्न अनुरोध गरे । “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उनले भने, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो ।” उनी तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक पनि हुन् ।

विसं २०७७ फागुनदेखि उनले नियमित प्रत्येक हप्ता सरसफाइ गर्न थालेका हुन् । सुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको त्यो कामलाई सहयोग गर्न अरु पनि थपिएपछि झनै सहज भयो । “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उनले भने, “त्यसपछि केही साथीहरु थपिनुभयो ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने ।

“पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उनले भने, “हामीले सचेतना फैलाउने हो ।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन् ।

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन् । यातायात व्यवसायी टङ्क विक भन्छन्, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ ।” उनीहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ ।