२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गुरु पूर्णिमा-पञ्चपक्षीय दिवस

गुरु पूर्णिमा-पञ्चपक्षीय दिवस
अ अ+ अ-

आषाढ शुक्लपूर्णिमा गुरु पूर्णिमाको रूपमा प्रसिद्ध छ।सत्ताइस नक्षत्रमा पूर्वाषाढा र उत्तराषाढा यी दुई नक्षत्र छन्।यी दुई नक्षत्र मध्ये उत्तराषाढा नक्षत्रको नजिकमा गएर चन्द्रमा आफ्नो सोह्र कलाले पूर्ण भएको दिन आषाढशुक्लपूर्णिमा कहलाउँद छ र आषाढशुक्लपूर्णिमाको नामबाट उक्त महिनाको आषाढ नाम रहेको हुन्छ।

अब किन आषाढशुक्लपूर्णिमाको दिनमा गुरु पूर्णिमा मानियो,यसको वैज्ञानिकता पत्ता लगाउन आवश्यक छ।यसका लागि सबभन्दा पहिले आषाढको अर्थ के हो ? त्यो कुरा थाह पाउनु पर्दछ।संस्कृत कोशहरुमा पलाशदण्डपक्षे आषाढ: भनेर आषाढको अर्थ गरिएको छ।

यसबाट आषाढको अर्थ पलाशको दण्ड रहेछ भनेर बुझिन्छ।यसैगरी आषाढलाई मलयपर्वत पनि भनेको पाइन्छ।मलय भनेको चन्दन हो।चन्दन शितलो र सुगन्धित हुन्छ।मलयपर्वत दृढ हुन्छ।आयुर्वेदको निघण्टुशास्त्रमा पलाशलाई ब्रह्मवृक्षक,ब्रह्मोपनेता,याज्ञिक भनेर व्याख्या गरिएको छ। पलाशलाई लेटिन भाषामा BUTEA MONOSPERMA भन्दछ।

पलाश वीर्यवर्द्धक हुन्छ।कफ, वात र पित्त त्रिदोष हटाउँदछ।कुष्ठरोग निको पार्दछ।भाँचिएको हाडलाई जोड्दछ।नेत्रविकार र रक्तविकार हटाउँदछ।भोक जगाउँदछ।

यस प्रकारको द्र्व्यगुण भएको हुँदा पलाशलाई ब्रह्मवृक्षक र याज्ञिक भनेको हो। ब्रह्म सत्य ज्ञान हो। अत: पलाश दण्डलाई ब्रह्म अथवा ज्ञानको प्रतीक मानिएको हो।द्वीज जातिको व्रतबन्ध गर्दा आचार्यले वटुकलाई तिमीले ब्रह्मज्ञानको भार वहन गर्न सकोस् र ज्ञानवान् होओस् भनेर पलाशको दण्ड दान गर्छ र वटुकले आफ्नो दाहिने काँधमा पलाशको दण्ड धारण गरेर भिक्षा माग्दछ।

यसरी आषाढको अर्थ मलयाचल जस्तो सुदृढ र पलाशदण्ड जस्तो ब्रह्मविद्यावर्धक भएको हुँदा आषाढशुक्लपूर्णिमालाई गुरु पूर्णिमा मानिएको हो।

अब यसपछि गुरु भनेका को हुन् ? यो कुरा बुझ्न आवश्यक छ।आषाढशुक्लपूर्णिमाका दिन व्यास जन्मेको हुँदा व्यास नै गुरु हुन् र व्यासको जन्मदिनलाई गुरु पूर्णिमा मानिेएको हो भन्ने भ्रम पनि पर्न सक्छ तर कुरा यो होइन।आषाढशुक्लपूर्णिमाका दिन दक्षिणामूर्तिको पूजा गर्ने प्रचलन छ।अचेल दक्षिणामूर्तिको चर्चा हुन छोडेको छ र दक्षिणामूर्तिको पूजा उपेक्षित हुँदैछ।त्यसकारण गुरु पूर्णिमाको सम्बन्धमा अन्योल सृजना भएको हो।

यो सम्पूर्ण शास्त्र उमामहेश्वर संवादे अर्थात् उमा र महेश्वरको संवादबाट सृजना भएको हो।महेश्वरका अनेक स्वरूपमा दक्षिणामूर्ति एउटा स्वरूप हो।भगवान् शिवले हिमालयबाट दक्षिणतिर फर्केर ज्ञानको उपदेश गरेको हुँदा महेश्वर वा भगवान् शिवको त्यस स्वरूपलाई दक्षिणामूर्ति भनेको हो।

दक्षिणामूर्ति भगवान् सर्वज्ञ हुनुहुन्छ र सर्वलोकनाथ हुनुहुन्छ। भगवान् दक्षिणामूर्तिको मन्त्रबाट यो कुरा सिद्ध हुन्छ, जस्तै-

ॐ सर्वज्ञनाथपार्वतीपते सर्वलोकगुरो शिव शरणं त्वां प्रपन्नोस्मि पालय ज्ञानं प्रदापय।।

ॐ ऐं गौरी वदवदगिरिपरमैश्वर्य सिद्ध्यर्थं ऐं ।

यस मन्त्रबाट सर्वलोक गुरु भनेका दक्षिणामूर्ति शिव हुन् र दक्षिणामूर्ति शिवले आषाढशुक्लपूर्णिमाको दिनमा हिमालयपर्वतबाट दखिनतिर फर्केर ज्ञानको उपदेश गरेको दिन भएको हुँदा आषाढशुक्लपूर्णिमालाई गुरु पूर्णिमा मानिएको हो।त्यसकारण गुरु र गुरु पूर्णिमा सम्बन्धी यो कुरा स्पष्ट हुनुपर्छ।

आषाढशुक्लपूर्णिमा कै दिनमा गण्डकी प्रदेशको तनहूँ जिल्लामा मादी र सेतीको द्वीपमा पराशर ऋषि र मत्स्यगन्धा मत्स्योदरी पुत्र भगवान् वेद व्यास जन्मनु भयो।अत: भगवान् वेदव्यास नेपालका धर्तिपुत्र हुन्।

आषाढशुक्लपूर्णिमाको रातमा शुद्धोदन महाराजले मायादेवीमा गर्भाधान गरेका थिए। त्यसपछि वैशाखशुक्लपूर्णिमाको मध्याह्नकालमा लुम्बिनीमा भगवान् शाक्यमुनि बुद्ध जन्मनु भयो।आषाढशुक्लपूर्णिमा कै रातमा सिद्धार्थ गौतमले गृहत्याग गर्नु भयो।त्यस अवस्थामा आकाशमा उत्तराषाढा नक्षत्र विद्यमान थियो। सिद्धार्थ गौतमको गृहत्यागको घटनालाई महाअभिनिष्क्रमण भन्दछ।यसैगरी आषाढशुक्लपूर्णिमा कै दिनमा भगवान् शाक्यमुनि बुद्धले सारनाथको म्रुगदावमा पञ्चवर्गीय ब्राह्मणलाई बोधीज्ञानको उपदेश दिएका थिए।बोधीज्ञान पाएर भगवान् शाक्यमुनि बुद्धको शरणमा गएपछि ती पञ्चवर्गीय ब्राह्मणहरु पञ्चवर्गीय भिक्षु कहलाए।

यसरी आषाढशुक्लपूर्णिमा प्रथमत: दक्षिणामूर्ति भगवानले ज्ञानको उपदेश दिएको दिन, भगवान् वेद व्यास जन्मेको दिन र शिशु बोधिसत्त्व सिद्धार्थ गौतमको गर्भाधान भएको , सिद्धार्थ गौतमले गृहत्याग गरेको महाअभिनिष्क्रमण र आफुले पाएको बोधी ज्ञानलाई पहिलो पटक बोधीज्ञानको उपदेश दिएको प्रथम धर्मचक्रप्रवर्तन यी पाँचवटा महान् पर्वले युक्त छ।

हाम्रा चाड पर्वहरुका तिथीमिति एउटै छन्।तीर्थ व्रत गर्ने ठाउँ पनि एउटै हुन्छ।सर्वधर्मसमभाव र सांस्कृतिक समन्वय नेपालीहरुको विशिष्ट गुण हो।यही समन्वयको साझा भावनामा नेपाल राष्ट्र र नेपाली राष्ट्रियता अडिएको छ।

समस्त प्राणीमा गुरु पूर्णिमाको हार्दिक मङ्गलमय शुभ कामना अर्पण गर्दछु।यसबाट सर्व लोकको कल्याण होओस् ।।