• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

सिन्धुली महोत्सव सुरु



सिन्धुली । सिन्धुली महोत्सव सिन्धुलीमाडीमा शुक्रबारदेखि सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महोत्सवको उद्घाटन गरे ।

सो अवसरमा उद्योग र उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री बडूले भने, “अहिले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामहरुको स्थापना गर्ने सरकारको लक्ष्य छ । एक सय पाँचवटा घोषणा भइसकेका छन् । यो वर्ष ३० वटा ग्रामीण औद्योगिक ग्रामहरू स्थापना हुँदैछन् ।”

मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारको विशेष योजना रहेका उनले बताए । उद्यम, व्यवसाय र उत्पादनमार्फत मुलुकलाई आत्मनिर्भर बनाई अर्थतन्त्र सुधार गर्नुपर्ने मन्त्री बडूको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुनकोसी मरिण डाइभर्सन निर्माणले मधेसको विकासमा ठूलो सहयोग पुग्ने बताए । आयोजानाले जमिनमा सिँचाइ सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने उनले सुनाए ।

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद श्यामकुमार घिमिरेले उद्योग र व्यवसायको विकास भएमा मात्र देशको विकास हुने धारणा राखे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद लेखनाथ दाहालले सिन्धुलीमहोत्सवले सबैमा उत्साह भर्नुपर्ने चर्चा गर्दै महोत्सव उत्पादन रोजगारसँग जोडिनुपर्ने बताए ।

सिन्धुली महोत्सव–२०७९ आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवको मुख्य लक्ष्य आगलागीका घट्ना न्यूनीकरण गर्न महोत्सव लगाएर शक्तिशाली दमकल खरिद गर्ने रहेको सुनाए ।

यही पुस ८ देखि १८ गतेसम्म चल्ने छैटौँ सिन्धुली महोत्सवले जिल्लाको समग्र कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने उनले बताए ।

उहाँका अनुसार महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित तीन सय ५० वटा स्टल प्रदर्शनीमा राखिएको छ । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको आङ्कलन छ ।