३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

सिन्धुली महोत्सव सुरु

सिन्धुली महोत्सव सुरु
अ+ अ-

सिन्धुली । सिन्धुली महोत्सव सिन्धुलीमाडीमा शुक्रबारदेखि सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महोत्सवको उद्घाटन गरे ।

सो अवसरमा उद्योग र उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री बडूले भने, “अहिले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्रामहरुको स्थापना गर्ने सरकारको लक्ष्य छ । एक सय पाँचवटा घोषणा भइसकेका छन् । यो वर्ष ३० वटा ग्रामीण औद्योगिक ग्रामहरू स्थापना हुँदैछन् ।”

मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारको विशेष योजना रहेका उनले बताए । उद्यम, व्यवसाय र उत्पादनमार्फत मुलुकलाई आत्मनिर्भर बनाई अर्थतन्त्र सुधार गर्नुपर्ने मन्त्री बडूको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुनकोसी मरिण डाइभर्सन निर्माणले मधेसको विकासमा ठूलो सहयोग पुग्ने बताए । आयोजानाले जमिनमा सिँचाइ सुविधा पुगी खाद्यान्न उत्पादन बढ्ने उनले सुनाए ।

सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद श्यामकुमार घिमिरेले उद्योग र व्यवसायको विकास भएमा मात्र देशको विकास हुने धारणा राखे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद लेखनाथ दाहालले सिन्धुलीमहोत्सवले सबैमा उत्साह भर्नुपर्ने चर्चा गर्दै महोत्सव उत्पादन रोजगारसँग जोडिनुपर्ने बताए ।

सिन्धुली महोत्सव–२०७९ आयोजक मूल समारोह समितिका संयोजक तथा सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवको मुख्य लक्ष्य आगलागीका घट्ना न्यूनीकरण गर्न महोत्सव लगाएर शक्तिशाली दमकल खरिद गर्ने रहेको सुनाए ।

यही पुस ८ देखि १८ गतेसम्म चल्ने छैटौँ सिन्धुली महोत्सवले जिल्लाको समग्र कृषि, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, स्थानीय व्यापार, उद्योगको विकास, स्थानीय कृषि तथा मौलिक उत्पादन, स्थानीय परम्परागत सीप, कला र संस्कृति तथा लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने उनले बताए ।

उहाँका अनुसार महोत्सवमा कृषि, पशु, घरेलु उद्योग, लघु उद्यम, पर्यटन आदिसँग सम्बन्धित तीन सय ५० वटा स्टल प्रदर्शनीमा राखिएको छ । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको आङ्कलन छ ।