१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की किन ?



अ+ अ-

नेपालस्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा  एउटा सार्वभौम मुलुकका रुपमा नेपालले नै निर्णय गर्ने हो भनेर वक्तव्य निकालेको जानकारी नेपालका मूलधार भनिने पत्रिकाहरुले आज उच्च महत्वकासाथ प्रकाशित गरेका छन् । तर निम्न तथ्यहरुले अमेरिकी वक्तव्य छलछाम र धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ ।

 १. अमेरिकी राजदूतले एमसीसी कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए ।

२. अमेरिकी राजदूतले भेटेर र सहायकमन्त्रीले फोनबाट नेपाली नेताहरुलाई यो सम्झौता स्वीकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रुपमा लिन्छौँ भनेका थिए।  

३. अमेरिकी उपमन्त्री भारतीय पत्रिकामार्फत अन्तवार्ता सार्वजनिक गरेर नेपालले एमसीसी सम्झौता अस्वीकार गरेमा नेपाल र आमेरिकाबीचको सम्बन्धमा पुनर्विचार गरिनेछ भनेका थिए ।

४. नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसीसी अमेरिकाका प्रमुख कार्यकारी अधिकृत फतिमा सुमारसहितको चार जनाको टोलीले एमसीसी कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीररुपमा लिनेछ भनेको थिया ।

यसरी अमेरिकाले एमसीसी कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी र धम्की दिँदै आएको स्पष्ट छ। अमेरिकी दूतावासको झुठो वक्तव्यलाई उच्च महत्वकासाथ प्रकाशित गर्ने मित्रहरुले यी तथ्यहरु सहित वास्तविक सत्यलाई प्रकाशित गर्नुहोला ।

( नारायणकाजी श्रेष्ठ नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ ।