२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

मानव बेचबिखनमा चिनियाँ नागरिक पनि

मानव बेचबिखनमा चिनियाँ नागरिक पनि
अ अ+ अ-

काठमाडौं । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो ।

चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो ।

मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पु-याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो ।

यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्कामा अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेशले यसरी मानव बेचबिखनमा संलग्न अभियुक्त चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । उक्त कार्यमा सहयोगीको भूमिकामा रहेका केही नेपालीलाई अनुसन्धानको दायरामा ल्याइएको पनि उहाँले बताउनुभयो ।

उनीहरू व्यापारिक भिसा लिएर विगत पाँच वर्षदेखि नेपाल बस्दै आएका थिए । आरोपी रुङ भने आइटी इञ्जिनियरसमेत हुन् । उनले नेपाली महिलासँग विवाह गरेर नेपाल बस्दै आएको खुलेको छ । उनीहरूले नेपाली एजेन्टसमेतको प्रयोग गरी मानिसलाई यहाँबाट भारत हुँदै थाइल्याण्ड पु-याएर त्यहाँबाट गाडीमा लाओस पठाई मानव बेचबिखन गरेको ब्युरोको दाबी छ ।

उनीहरूले सुरुमा लाओसको सेल्स मार्केटिङमा एक हजारदेखि एक हजार ५०० डलरसम्म मासिक पारिश्रमिक पाउने लोभ देखाएर नेपालबाट मानिस लाओस पठाउँदै आएका थिए । लाओस पु-याएर आइटी कम्पनीमा राखी त्यहाँबाट नक्कली सामाजिक सञ्जाल खोल्न लगाई विट क्वाइनमा लगानी गराउन सामाजिक सञ्जालबाट विभिन्न देशमा मानिससँग सम्पर्क गर्न लगाई कानूनविपरीतका कार्यमा संलग्न गराइएको पीडितहरूले बताएका छन् । ती चिनियाँ नागरिकले सुरुमा पीडितबाट जनही रु तीन लाख ९० हजार लिएको पाइएको र त्यहाँ पुगेपछि गरेको कामको पारिश्रमिक पनि नदिएको फेला परेको प्रहरी उपरीक्षक मल्लले बताउनुभयो ।

उनीहरूमार्फत बेचबिखनमा परेका धेरै नेपाली अझै पनि लाओसमा रहेको र उद्धार पर्खिरहेको पनि पीडितले बताएका छन् । सो विषयमा अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । यसरी बेचबिखनमा परेका भनेर तीन महिला र सात पुरुषले छुट्टाछुट्टैरूपमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यसरी भएको थियो घटना

चिनियाँ र अङ्ग्रेजी भाषासमेत जानेका युवालाई उनीहरूले पहिलो प्राथमिकतामा राखेर यसरी विदेश पठाउने गरेका थिए । सोही क्रममा डलरमा तलब पाउने लोभमा काठमाडौँमा कक्षा १२ सकेका केही युवा चिनियाँ नागरिकको सम्पर्कमा आएका थिए ।

सुरुमा ती विद्यार्थीलाई अन्तर्वार्ता नै लिएर उनीहरूले आकर्षक तलब पाउने प्रलोभनमा गत भदौ १७ गते सडकमार्गबाट भारत अनि थाइल्याण्ड हुँदै लाओस पु-याइएका थिए । बीचमा फरकफरक व्यक्ति जोडिएर उनीहरूलाई लाओस पु¥याएको पीडितहरूले बताएका छन् । त्यसपछि भनेको कम्पनीमा काम नलगाई पीडितलाई गैरकानूनी काममा लगाइएको थियो ।

दुई महिना काम गरेपछि आफन्तको सहयोगमा उनीहरू गएको कात्तिक २५ गते नेपाल फर्कन सफल भए । अनि पीडितले कात्तिक ३० गते ब्युरोमा जाहेरी दिएका र सोही जाहेरीका आधारमा प्रहरीले काठमाडौँको ठमेलबाट मङ्सिर ८ गते चेन याङलाई पक्राउ ग¥यो । उनलाई पक्राउ गरेको चाल पाएका अर्का अभियुक्त रुङ भने भागे ।

उनी भागेको थाहा पाएको प्रहरीले सबै नाकामा निगरानी बढाएकामा मङ्सिर ९ गते बिहानै बङ्गलादेश जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्न सफल भयो । उनीहरूमाथि झण्डै १५ दिनको आवश्यक अनुसन्धानपछि प्रहरीले मङ्सिर २७ गते अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही मिसिलका आधारमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को कसुरअन्तर्गत अभियोगपत्र दर्ता भएकोमा काठमाडौँ जिल्ला अदालतमा मङ्गलबार (पुस ५ गते) थुनछेक बहस भएको थियो । अदालतले सोही दिन नै दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनीहरूले पठाएका धेरै नेपाली लाओसमा बन्धक जस्तैगरी राखिएको सूचना आएकाले उनीहरूको पनि उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ । रासस