• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान



काठमाडौँ । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गर्नुभएको हो । उहाँले एक महिनाको आफ्नो मन्त्रीको तलव सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको बताउनु भयो । उहाँले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्नुभएको उपलक्ष्यमा आफूले उहाँको सम्मानस्वरुप एक महिनाको तलव हस्तान्तरण गरेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रुपमा सम्मान दिने गरिएपनि नेपालमा भने त्यत्ति चासो नदिएको आरोप लगाउनु भयो । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय होइन । कठिन विषय हो । हाम्रोमा धेरै छिटो, बिना अक्सिजन हिमाल आरोहण गर्नेकुरा भएकाले यो विषयले त्यत्ति महत्व नपाएको होला तर विश्वका १४ अग्ला हिमालहरु दुई, दुई पटक आरोहण गरेर विश्व रेकर्ड राख्नु चानचुने कुरा होइन । अरु देशमा सगरमाथा आरोहण गर्ने व्यक्ति एउटा त्यो देशका लागि हिरो हुन्छ ।’

‘देशका लागि नै गौरवको विषय बन्छ । त्यसैले हामीले यस्ता विश्व कीर्तिमानी कायम गर्ने व्यक्तिहरुको सम्मान गर्न आवश्यक छ । हामीले आरोहणको विषयलाई त्यत्ति धेरै महत्व नदिएको हो कि जस्तो लाग्यो । आरोहणको पर्यटन क्षेत्रमा र विश्वकै सामु जुन एउटा महत्व छ त्यसलाई हामीले बिर्सिनु हुँदैन । सगरमाथाको आरोहण गर्ने व्यक्तिले आफ्नो पहिचान बनाइरहेको छ । उहाँले ७ पटक त सगरमाथा नै आरोहण गर्नुभएको छ । हाम्रो देश समृद्ध देश भएको भए यो विषय विश्वकै महत्वपूर्ण कुरा बन्थ्यो । सानु शेर्पाको विषयको चर्चा गरेको खण्डमा विश्वसामु नेपालको चर्चा झनै चुलिन्छ ।’

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरुको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताउनु भयो ।