३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

कीर्तिमानी आरोही शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान
अ+ अ-

काठमाडौँ । कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ ।

आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गर्नुभएको हो । उहाँले एक महिनाको आफ्नो मन्त्रीको तलव सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको बताउनु भयो । उहाँले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्नुभएको उपलक्ष्यमा आफूले उहाँको सम्मानस्वरुप एक महिनाको तलव हस्तान्तरण गरेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रुपमा सम्मान दिने गरिएपनि नेपालमा भने त्यत्ति चासो नदिएको आरोप लगाउनु भयो । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय होइन । कठिन विषय हो । हाम्रोमा धेरै छिटो, बिना अक्सिजन हिमाल आरोहण गर्नेकुरा भएकाले यो विषयले त्यत्ति महत्व नपाएको होला तर विश्वका १४ अग्ला हिमालहरु दुई, दुई पटक आरोहण गरेर विश्व रेकर्ड राख्नु चानचुने कुरा होइन । अरु देशमा सगरमाथा आरोहण गर्ने व्यक्ति एउटा त्यो देशका लागि हिरो हुन्छ ।’

‘देशका लागि नै गौरवको विषय बन्छ । त्यसैले हामीले यस्ता विश्व कीर्तिमानी कायम गर्ने व्यक्तिहरुको सम्मान गर्न आवश्यक छ । हामीले आरोहणको विषयलाई त्यत्ति धेरै महत्व नदिएको हो कि जस्तो लाग्यो । आरोहणको पर्यटन क्षेत्रमा र विश्वकै सामु जुन एउटा महत्व छ त्यसलाई हामीले बिर्सिनु हुँदैन । सगरमाथाको आरोहण गर्ने व्यक्तिले आफ्नो पहिचान बनाइरहेको छ । उहाँले ७ पटक त सगरमाथा नै आरोहण गर्नुभएको छ । हाम्रो देश समृद्ध देश भएको भए यो विषय विश्वकै महत्वपूर्ण कुरा बन्थ्यो । सानु शेर्पाको विषयको चर्चा गरेको खण्डमा विश्वसामु नेपालको चर्चा झनै चुलिन्छ ।’

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरुको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताउनु भयो ।