• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

शक्ति बाँडफाँट विषयमा गठबन्धन बैठक बस्ने तयारी



फाईल फोटो

काठमाडौं । सत्ता गठबन्धनबीच निर्वाचनपछि शक्ति बाँडफाँटबारे छलफल गर्न सत्ता पाँच दलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको परिणाम सार्वजनिक भएसँगै शक्ति बाँडफाँटका विषयमा विषयमा छलफल गर्न बैठक राख्ने तयारी भएको हो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमार झाँक्री र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँगको कुराकानीमा नेपाली कांग्रेस संसदीय दलको नेताको परिणामलगत्तै बैठक राख्ने तयारी भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बुधबार साँझ नै बैठक बस्न सक्ने जानकारी दिनुभएको एकीकृत समाजवादीकी सचिव झाँक्रीले बताउनुभयो ।

झाँक्रीका अनुसार प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदका लागि कांग्रेस संसदीय दलको निर्वाचन परिणामलगत्तै बैठक बस्ने छ । यसअघि सांसदहरुको शपथ ग्रहणपछि मात्र शक्ति बाँडफाँटको विषयमा छलफल गर्ने तयारी थियो । सांसदहरुको शपथ पुस ७ गते अर्थात बिहीबार तोकिएको छ ।