काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नै पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र पार्टी नेता गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन् ।
आइतबार पन्तको हत्या भएको तीन वर्ष पुगेकोमा उनने स्मरण गराउँदै ध्यानाकर्षण गराएका हुन् ।
'प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ । ' उनले भनेका छन् ।
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l सम्माननिय @PM_nepal_ र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु l
प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग l सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ l सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ l pic.twitter.com/fgEW6IExgd
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 25, 2021








