११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दबाव दिँदै सरकारलाई साँचो हस्तान्तरण (भिडियो सहित)

यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दबाव दिँदै सरकारलाई साँचो हस्तान्तरण (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । आफ्ना माग सम्बोधन गर्न दबाव दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन् । कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् । 

आईतबार मध्यान्ह काठमाडौंको माईतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्‍याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन् । कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले आफूहरुको माग अब पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनुभयो ।

यता, प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दबाव दिने गरी बुझाएको सार्वजनिक सवारी साधनको साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न यातायात व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।

यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुको लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनु पर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको विमा, नविकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका ७ बूँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन् । यातायात क्षेत्रसँग सम्बन्धित सबै निकायमा माग सम्बोधन गर्न दिइएको दवाव पूरा नभएपछि प्रधानमन्त्रीलाई सार्वजनिक यातायातको साँचो नै बुझाउन बाध्य हुनु परेको महासंघले जनाएको छ । आफूहरुको माग अब पनि सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि यातायात व्यवसायीहरुको चेतावनी छ ।