• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौँ तर मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ : सीके राउत



file

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनबाट जो प्रधानमन्त्री बने पनि नपुग सिट पुर्याउन आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा उहाँले गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्नेबारे आफ्नो पार्टीले कसैलाई नरोज्ने बताउनुभयो ।

नेतृत्व रोज्ने काम गठबन्धनकै रहेको उहाँको भनाइ थियो । उहाँले केन्द्र सरकारमा आफ्नो पार्टी सहभागी हुन तयार रहेको उल्लेख गर्दै मधेश प्रदेशमा आफ्नो पार्टीको निर्णायक मत रहेकाले मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभयो ।

उहाँले मधेशमा जनमत पार्टीलाई हेरौँ भन्ने चाहेको उल्लेख गर्नुभयो । गठबन्धनसँग आफ्नो पार्टी घनिभूत छलफलमा रहेको तर निष्कर्षमा नपुगेको बताउँदै उहाँले भन्नुभयो, “गठबन्धनका नेताहरुसँग घनिभूत छलफल भइरहेको छ, सहमति नजिक छौँ, जोबाट हाम्रो माग सम्बोधन हुन्छ उसैलाई समर्थन गर्छौं त्यसैले अरु विकल्प पनि खुला छन् ।”