४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

सरकारी संस्थानमध्ये सबैभन्दा अब्बल प्राधिकरणः ६ महिनाको नाफा रु १२ अर्ब

सरकारी संस्थानमध्ये सबैभन्दा अब्बल प्राधिकरणः ६ महिनाको नाफा रु १२ अर्ब
अ+ अ-

काठमाडौँ । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । 

राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । 

उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु १२ अर्ब १२ करोड नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार गत आव २०७७/७८ मा मात्रै रु छ अर्ब १८ करोड नाफा गरेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा  बढेर दोब्बर भएको हो । 

यो सँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी जस्ता कारणले संस्थाको आर्थिक स्वास्थ्यमा गुणात्मक फड्को मारेको प्रतिक्रिया दिनुभयो । उहाँले  विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण पनि चालु आवको ६ महिनामा संस्थाले उलेख्य नाफा आर्जन गर्न सफल भएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम नै हाम्रा लागि बरदान सावित भएको छ ।”

यस्तै,४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको अर्को महत्वपूर्ण कारण हो । यस्तै, हिमाल पावरले सञ्चालन गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत हिस्सासमेत प्राधिकरणको नाममा आएको छ । सो आयोजनाको बिजुलीको खरिद मूल्य पनि असाध्यै सस्तो छ । “गत पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्नसक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं”, उहाँले भन्नुभयो । प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु दुई अर्ब ८४ करोड, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु १३ अर्ब २७ करोड, २०७७/७८ मा रु छ अर्ब एक करोड नाफा गरेको थियो । 

प्राधिकरणले चालु आवको ६ महिनामा रु ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ । यस्तै, रु ३५ अर्ब ८६ करोड खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण रु एक खर्ब १४ अर्ब पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण रु ८१ अर्ब ८१ करोडको रहेको छ, भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व रु ३६ अर्ब ८४ करोड छ । प्राधिकरणको पूँजीकृत सम्पत्ति रु एक खर्ब ६५ अर्ब छ । यस्तै, पूँजीकृत हुन बाँकी सम्पत्ति रु एक खर्ब ५२ अर्ब, सहायक कम्पनीमा लगानी रु ३५ अर्ब ३४ करोड र ऋण लगानी रु ३२ अर्ब ५० करोड रहेको छ । यस्तै, तरल पूँजी रु ८५ अर्ब एक करोड बराबर छ ।

विद्युत् निर्यात बढ्यो,आयात घट्यो

आघिल्लो वर्षका तुलनामा चालु आवको छ महिनामा नेपालमा खपत भएर बढिरहेको विद्युत् भारतर्फ निर्यात बढेको छ । यस्तै अपुग विद्युत्को आयातको परिमाण घटेको छ । गत आवमा रु ३१ करोड ६० लाखको विद्युत् भारततर्फ निर्यात भएकोमा चालु आवको ६ महिनामै रु ८० करोड ५० लाखको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।
 
आव २०७६/७७ मा रु १३ अर्ब ४२ करोडको विद्युत् आयात भएकोमा गत आवमा बढेर रु २१ अर्ब ८२ करोड पुगेको थियो । तर, चालु आवको ६ महिनामा रु दुई अर्ब ५८ करोडको मात्र विद्युत् आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भएता पनि यसवर्ष रु १० अर्ब भन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । यसवर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ । कूल ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । 

विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्‍यो

चालु आवको छ महिनामा विद्युत् चुहावट १४।४५ प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको पहिलो छ महिनामा २.७३ प्रतिशत विन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको हो । 

विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उहाँले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सवस्टेशनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदम चाल्दाको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गर्नुभयो । 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । यसबाट सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकायको रुपमा प्राधिकरण स्थापित भएको छ । रासस