२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

सरकारी संस्थानमध्ये सबैभन्दा अब्बल प्राधिकरणः ६ महिनाको नाफा रु १२ अर्ब

सरकारी संस्थानमध्ये सबैभन्दा अब्बल प्राधिकरणः ६ महिनाको नाफा रु १२ अर्ब
अ अ+ अ-

काठमाडौँ । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । 

राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । 

उपलब्ध भएको स्रोतको समूचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरल रुपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु १२ अर्ब १२ करोड नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार गत आव २०७७/७८ मा मात्रै रु छ अर्ब १८ करोड नाफा गरेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा  बढेर दोब्बर भएको हो । 

यो सँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी जस्ता कारणले संस्थाको आर्थिक स्वास्थ्यमा गुणात्मक फड्को मारेको प्रतिक्रिया दिनुभयो । उहाँले  विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण पनि चालु आवको ६ महिनामा संस्थाले उलेख्य नाफा आर्जन गर्न सफल भएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम नै हाम्रा लागि बरदान सावित भएको छ ।”

यस्तै,४५६ मेगावाटको माथिल्लो तामाकोसीसँगको विद्युत् खरिद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको अर्को महत्वपूर्ण कारण हो । यस्तै, हिमाल पावरले सञ्चालन गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत हिस्सासमेत प्राधिकरणको नाममा आएको छ । सो आयोजनाको बिजुलीको खरिद मूल्य पनि असाध्यै सस्तो छ । “गत पुसबाट लागू हुने गरी उपभोक्ता महसुल समायोजन भएको छ, यसबाट चालु आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्नसक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं”, उहाँले भन्नुभयो । प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु दुई अर्ब ८४ करोड, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु १३ अर्ब २७ करोड, २०७७/७८ मा रु छ अर्ब एक करोड नाफा गरेको थियो । 

प्राधिकरणले चालु आवको ६ महिनामा रु ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ । यस्तै, रु ३५ अर्ब ८६ करोड खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण रु एक खर्ब १४ अर्ब पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण रु ८१ अर्ब ८१ करोडको रहेको छ, भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व रु ३६ अर्ब ८४ करोड छ । प्राधिकरणको पूँजीकृत सम्पत्ति रु एक खर्ब ६५ अर्ब छ । यस्तै, पूँजीकृत हुन बाँकी सम्पत्ति रु एक खर्ब ५२ अर्ब, सहायक कम्पनीमा लगानी रु ३५ अर्ब ३४ करोड र ऋण लगानी रु ३२ अर्ब ५० करोड रहेको छ । यस्तै, तरल पूँजी रु ८५ अर्ब एक करोड बराबर छ ।

विद्युत् निर्यात बढ्यो,आयात घट्यो

आघिल्लो वर्षका तुलनामा चालु आवको छ महिनामा नेपालमा खपत भएर बढिरहेको विद्युत् भारतर्फ निर्यात बढेको छ । यस्तै अपुग विद्युत्को आयातको परिमाण घटेको छ । गत आवमा रु ३१ करोड ६० लाखको विद्युत् भारततर्फ निर्यात भएकोमा चालु आवको ६ महिनामै रु ८० करोड ५० लाखको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष ६ महिनामै बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।
 
आव २०७६/७७ मा रु १३ अर्ब ४२ करोडको विद्युत् आयात भएकोमा गत आवमा बढेर रु २१ अर्ब ८२ करोड पुगेको थियो । तर, चालु आवको ६ महिनामा रु दुई अर्ब ५८ करोडको मात्र विद्युत् आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भएता पनि यसवर्ष रु १० अर्ब भन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । यसवर्ष अघिल्लो वर्षको तुलनामा करिब २०० मेगावाट विद्युत् माग बढेको छ । कूल ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित करिब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । 

विद्युत् चुहावट १४.४५ प्रतिशतमा झर्‍यो

चालु आवको छ महिनामा विद्युत् चुहावट १४।४५ प्रतिशतमा झरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैर प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको पहिलो छ महिनामा २.७३ प्रतिशत विन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको हो । 

विद्युत् प्रसारण र वितरणतर्फसहित चालु आवको ६ महिनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणाालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरुप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उहाँले चुहावट नियन्त्रण अभियान प्रभावकारी रुपमा चलाइएको, सवस्टेशनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कदम चाल्दाको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गर्नुभयो । 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । यसबाट सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकायको रुपमा प्राधिकरण स्थापित भएको छ । रासस