१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड

तीर्थ कोइरालाको अध्यक्षमा प्रेस इन्स्टिच्यूटको नयाँ कार्यसमिति गठन

तीर्थ कोइरालाको अध्यक्षमा प्रेस इन्स्टिच्यूटको नयाँ कार्यसमिति गठन
अ अ+ अ-

काठमाडौंः सञ्चार सम्बन्धी तालिम, अनुसन्धान र पैरवीको कार्य गरिआएको नेपाल प्रेस इन्स्टिच्यूटको अध्यक्षमा पत्रकार तीर्थ कोइराला सर्वसम्मतिले चुनिनु भएको छ ।

इन्स्टिच्यूटको आइतबार सम्पन्न १७औं साधारण सभाले पत्रकार कोइरालाको अध्यक्षतामा कार्यसमिति समेत गठन गरेको छ । संस्थाको उपाध्यक्षमा नीता सापकोटा, महासचिवमा लक्ष्मण उप्रेती, कोषाध्यक्षमा अमिका रजथला तथा सदस्यहरुमा तपानाथ शुक्ल, मन्टेश्वरी राजभण्डारी, कपिल काफ्ले, मोहन नेपाली, गंगादेवी गुरुङ, अरुण पौडेल, वसन्त रुपाखेती तथा श्रीमन् शर्मा (विज्ञान) चुनिनु भएको छ ।

साधारण सभामा सम्बोधन गर्दै निवर्तमान अध्यक्ष निलकण्ठ उप्रेतीले एनपिआईलाई देशकै प्रतिष्ठित सञ्चार संस्थाका रुपमा अघि सार्न आवश्यक रहेको चर्चा गर्दै इन्स्टिच्यूटको सान्दर्भिकता अझै जीवित रहेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष तीर्थ कोइरालाले एनपिआईले सञ्चालन गरिरहेका १० महिने पत्रकारिता समेतका अन्य तालिमलाई थप व्यवस्थित गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव लक्ष्मण उप्रेतीले आफ्नो स्थापनकालदेखि नै संस्थाले नेपालमा सञ्चार र पत्रकारिताको क्षेत्रमा समर्पित भएर काम गर्दै आएको स्मरण गर्दै आजको परिवर्तित परिस्थितिमा अझ स्तरीय र व्यावसायिक पत्रकारिताका हितका कार्यक्रम अघि बढाउनु समयको माग रहेको बताउनुभयो ।

एनपिआईले यस पटक १९ जना पत्रकारलाई १० महिने तालिममा सहभागी गराएको थियो । एनपिआईका तालिम संयोजक कपिल काफ्लेका अनुसार संस्थाले नेपाल विज्ञापन बोर्डसँगको सहकार्यमा विज्ञापन सम्बन्धी राष्ट्रिय नीति, २०७९ निर्माण गरेको थियो ।

यसैगरी प्रेस काउन्सिल नेपालको सहकार्यमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता विषयक तालिम तथा संचार मन्त्रालयसँगको सहकार्यमा निर्वाचन आचारसंहिता तथा मिडियाको भूमिका विषयमा राष्ट्रिय गोष्ठी गरेको थियो ।

एनपिआईका हाल काठमाडौंमा केन्द्रीय कार्यालय तथा नेपालगंज र विराटनगरमा क्षेत्रीय सञ्चार स्रोत केन्द्र सञ्चालनमा छन् । संस्थाले काठमाडौंमा १० महिने पत्रकारिता तालिम तथा स्रोत केन्द्रमार्फत् पत्रकारिता तालिम र एफएम रेडियो सञ्चालन गरिरहेको छ ।