२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगद्वारा महन्थ ठाकुरको हेड काउन्ट रोक्ने निवेदन अस्वीकृत



फाईल फोटो
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै दिएको निवेदन अस्वीकृत गरिदिएको छ । सोमबार बिहान ठाकुर पक्षले हेड काउन्ट रोक्न माग गर्दै आयोगमा निवेदन दिएको थियो तर आयोगले इजलासबाट भएको निर्णय भएकाले निवेदन स्वीकार गर्न नसकिने जवाफ पठाएको थियो । 

यतिबेला आयोगमा हेडकाउन्ट हुँदैछ । निर्वाचन आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका छन् । यता ठाकुर पक्षका मनिष सुमनलगायत पनि यादव पक्षतिर लागेका छन् । जसपाका नेता रेशम चौधरीको सनाखत भने निर्वाचन आयोगले जेलबाटै गराउने भएको छ ।

रेशम चौधरी अहिले डिल्लीबजार कारागारमा छन् । आयोगमा उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिका सदस्यको बहुमत देखिएपछि ठाकुर पक्षले आधिकारिता गुमाउने देखिएको छ ।