• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने

नेपाल–भारतबीच संयुक्त सैन्य अभ्यास सुरु -फोटो फिचर



काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्रल स्कूलमा आजदेखि नेपाल–इन्डिया बटालियन लेभल जोइन्ट ट्रेनिङ एक्सर्साइज ‘सूर्य किरण–सोह्रौँ’ सुरु भएको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त संयुक्त सैन्य अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथि यामप्रसाद ढकालले एक विशेष कार्यक्रमका बीच गर्नुभयो ।

विपद् व्यवस्थापनको समयामा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको संयुक्त अभ्यासको यो १६ संस्करण भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास यही पुस १ञ्४ गते सम्पन्न हुनेछ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको १५औँ संस्करण भारतको पिथौरागढामा सम्पन्न भएको थियो । विसं २०६७ देखि नेपाल र भारतमा वार्षिकरुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलतापूर्वक सञ्चालन भइसकेको नेपाली सेनाले जनाएको छ ।

संयुक्त अभ्यासमा फौजहरुले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा अभ्यास गर्नेछन् ।

संयुक्त अभ्यासमा नेपाल सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने पनि नेपाली सेनाले उल्लेख गरेको छ ।

यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढा बनाउने तथा दुवै देशका सेनाहरुबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।