• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा



नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजिनामा दिएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएको जनाएको हो । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजिनामा स्वीकृत भएको जनाएको छ ।

तत्कालिन प्रशिक्षक पुबुदु दासानायकेले राजिनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिबियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो । यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन–२ को शीर्ष तालिकाको तीन भित्र रहन कठिन भएको छ ।

नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो । सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ ।

त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ । प्रभावकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याबिरुद्धको ट्वान्टी–२० र एक दिवसीय श्रृंखला जितेको थियो । त्यस्तै गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला पनि नेपालले जितेको थियो । यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्ध समेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजिनामा आएको कतिपयले अनुमान लगाएका छन् ।