• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा

नाफिज अध्यक्षमा ढकाल निर्वाचित



नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा छैटौँ महासभाबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । तेह्र सदस्यीय कार्यसमितिमा महासभाले सात पदाधिकारी र चार सदस्य निर्वाचित गरेको छ । कार्यसमितिले बाँकी दुई सदस्यको मनोनयन गर्नेछ । निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गरिएको हो ।

ढकाल ‘दि राइजिङ नेपाल’मा कार्यरत हुनुहुन्छ । उपाध्यक्षमा ‘नोटबजार डटकम’का परमेश्वर अधिकारी र ‘हाम्रो अर्थ’की मेनुका कार्की निर्वाचित हुनुभएको छ ।
महासचिवमा ‘अनलाइन खबर’का नवीन ढुङ्गाना, सचिवमा ‘नेपाल खबर’का दीपक भट्ट र कोषाध्यक्षमा ‘सिंहदरबार’की दिलु कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यमा ‘रातोपाटी’का निकेश खत्री, ‘अनलाइन खबर’का विजय पराजुली, ‘सेतोपाटी’की सविना कार्की र ‘नेपाल प्रेस’का राजाराम न्यौपाने विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।