२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

सासू–ससुरालाई पक्राउ गर्न माग गर्दै नेहा चौधरी सडक आन्दोलनमा

सासू–ससुरालाई पक्राउ गर्न माग गर्दै नेहा चौधरी सडक आन्दोलनमा
अ अ+ अ-

जनकपुरधाम । दाइजोलाई निहुँ बनाएर घरबाट निकालिएकी नेहा चौधरी सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक आन्दोलनमा सहभागी भएकी छन् । उनले महोत्तरीको रामगोपालपुर सडकमा बिहीबार बिहान सडकमा आन्दोलन सुरु गरेकी हुन् । आन्दोलनमा कुमारी आमा निहारिका राजपुत पनि सहभागी छन् । विद्यार्थी र केही युवाको सहयोगमा उनीहरु सडकमा टायर बालेर आन्दोलनमा सहभागी भएका हुन् ।

सडक आन्दोलनपछि रामगोपालपुर चोकमा सवारी साधन आवागमन रोकिएको छ । विभिन्न स्थानमा टायर बालिएको छ । नेहा आफैँले सडकमा गुड्ने सवारी साधनलाई रोकेकी छन् । गत वर्ष फागुनमा रामगोपालपुर–५ का पंकज चौधरीसँग नेहाको विवाह भएको थियो । नेहाका परिवारले दाइजो र विवाहमा करोडौँ रकम खर्च गरे पनि दाइजो पुगेन भन्दै पंकजको परिवारले नेहालाई यातना दिएको थियो ।

श्रीमान् पंकजबाटै कुटिएकी नेहालाई माइती पक्षले उद्धार गरी अस्पतालमा उपचार गरेको थियो । नेहाले श्रीमान् पंकजविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छन् । उनले श्रीमान्सहित सासू र ससुरालाई पनि पक्राउ गर्न माग गर्दै घरेलु हिंसा र दाइजोसम्बन्धी मुद्दा दर्ता गराएकी हुन् । सासू र ससुराले मंगलबार साँझ घर पस्न खोज्दा नेहालाई अवरोध गरेपछि धर्ना दिएकी थिइन् ।

प्रहरीले चिकित्सकसमेत रहेका पंकजलाई भने पक्राउ गरेर हिरासतमा राखेको छ । नेहाले सासू र ससुरालाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै आन्दोलन सुरु गरेकी हुन् । प्रहरीले बेलुकासम्म पक्राउ गर्ने आश्वासन दिए पनि पक्राउ नगरेपछि आन्दोलन सुरु गरेकी हुन् । नेहाका सासू र ससुरा घरमा ताल्चा लगाएर फरार छन् ।