९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक छः मुख्यमन्त्री भट्ट

विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक छः मुख्यमन्त्री भट्ट
अ अ+ अ-

गोदावरी । सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक रहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिकाले आज आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान तथा धन्यावद ज्ञापन कार्यक्रममा उहाँले विकासका लागि सबैको साझेदारी आवश्यक रहेको बताउनुभयो ।

नागरिकलाई विकासमा जोड्नुपर्ने बताउँदै उहाँले नागरिकलाई विकासमा सहभागी गराउन सकिएन भने विभिन्न बाधा अवरोध देखापर्ने बताउनुभयो । विकासमा परिणाम देखाउन नागरिक सहभागिता आवश्यक रहेकाले नागरिक सहभागिताबिना विकास निर्माणका कामले गति लिन नसकिने अनुभवले देखाएको मुख्यमन्त्री भट्टले उल्लेख गर्नुभयो । उहाँले धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री भट्टले धनगढीको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको सुरुआत भएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेश सरकार गठन हुँदा नै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न खोज्दा धेरैले स्वीकार गर्न नसकेको उहाँको भनाइ थियो । “प्रदेश सरकार गठन भएदेखि नै समन्वय र सहकार्यको सुरुआत गर्न खोजेको हो”, उहाँले भन्नुभयो, “एक अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा सोचेअनुसार भएन । अहिले धनगढी उपमहानगरबाट सुरुआत भएको छ । यो राम्रो पक्ष हो ।” स्थानीय सरकारसँग साझेदारबिना विकासका कार्यक्रम सम्भव नभएको उहाँको भनाइ थियो ।

“बजारमा धेरै विकासका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारको सहयोगबिना सम्भव छैन”, उहाँले भन्नुभयो, “धनगढीको मुख्य सडक क्षेत्राधिकार खाली गर्नमा अहिलको नेतृत्वलाई धन्यवाद दिनुपर्दछ ।” धनगढीको मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार खाली गराउने कार्य तीव्ररूपमा भइरहेको छ । त्यो सडक निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याइसकेको छ ।

दुई हप्तामा नै बोलपत्र हुने सुदूरपश्चिम प्रदेश सरकारले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले धनगढीको मुख्य सडक १५ दिनभित्र बोलपत्र आह्वान हुने बताउनुभएको छ । धनगढीको मुख्य सडक क्षेत्राधिकार गराउने कार्य तीव्ररूपमा भइरहेको छ ।