२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

मन्त्रिपरिषद बैठक सम्पन्नः यी हुन् आज भएका निर्णयहरु (भिडियोसहित)

मन्त्रिपरिषद बैठक सम्पन्नः यी हुन् आज भएका निर्णयहरु (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । डिपोटेशन सेन्टरमार्फत् फिर्ता भएका,जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुलाई लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । 

सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको  निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिपोटेशन सेन्टरमार्फत् फिर्ता भएका,जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरुलाई लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने बताउनुभयो ।

यस्तै सरकारले क्वारेन्टाइनका लागि आवश्यक प्रवन्ध मिलाउने काम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने र यसका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय गरेको छ ।

बैठकमा राष्ट्र ऋण पाँचौँ संसोधन नियमावली २०७८ र ऋणको प्राथमिक तथा दोश्रो बजार तेश्रो संसोधन नियमावली २०७८ स्वीकृत गरी विश्वव्यायिक समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत् आयोजना सञ्चालन गर्न ऋण स्वरुप प्राप्त हुने अमेरिकी डलर ६० मिलियन बराबरको ऋण सहायता स्वीकार गरेको छ ।

यस्तै बैठकले कोभिड–१९ को जोखिमको दोश्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुन भन्दाअघि वा आदेशको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्थाका खरिद सम्झौताको म्याद सम्बन्धित आपूर्ति कर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्श दाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीहरुले म्याद थपको आवश्यक्ता र औचित्य विश्लेषण गरी नेपाल सरकारलाई थप लागत नपर्ने म्याद थप गरेबापत् अन्य कुनै दायित्व नपर्ने गरी यस्तो सम्झौताको म्याद समाप्त भएको मितिले ६ महिना थप गर्न स्वीकृत प्रदान गरेको छ ।

मन्त्रीपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयको लागि ३५ जना, सोही आयोगको प्रादेशीक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका व्यक्तित्व छानबिन आयोगका लागि २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी आयोगको म्याद समाप्त भए स्वतः खारेज हुनेगरी चालु आर्थिक वर्ष २०७८/०७९ को लागि स्वीकृत गरिएको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।