२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

एमाले विभाजन हुँदैनः रघुवीर महासेठ

एमाले विभाजन हुँदैनः रघुवीर महासेठ
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता रघुवीर महासेठले नेकपा एमाले कुनै पनि अवस्थामा विभाजन नहुने बताउनुभएको छ । 

रिपोर्टस क्लव नेपालमा सोमवार नेता महासेठले अहिलेको नयाँ कुरो भनेकै नेकपा एमाले विभाजन नहुने बताउनुभएको हो । नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरुले नेताहरुलाई चौतर्फी पार्टी जोगाउन दबाव दिइरहेको बताउँदै नेता महासेठले यसलाई आत्मसाथ गरेर शीर्ष नेताहरु छलफलमा जुटिरहेको बताउनुभयो । उहाँले अहिलेको सरकार फरक– फरक विचारधारा बोकेर आएको गठबन्धन भएकोले लामो समयसम्म टिकिरहन नसक्ने बताउनुभयो ।

नेता महासेठले भन्नुभयो, “नेकपा एमाले विभाजित हुन गइरहेको छैन, यो नयाँ कुरा हो, किनभने नेपाली जनता, नेकपा एमालेका समर्थक, शुभेच्छुक, भोटर्स र कार्यकर्ताहरु कसैको पनि पार्टी विभाजन भएर जाओस् भन्ने छैन, चौतफी शीर्ष नेताहरुलाई पार्टी एकता जोगाउन दबाव आइरहेको छ, यसलाई आत्मसाथ गरेर नेताहरु छलफलमा हुनुहुन्छ, अहिलेको सरकार एकै विचारधारा बोकेर आएको गठबन्धन होइन, कोही माक्सवाद, लेनिनवाद र बिपीजीको विचारबाट ग्रसित भएका साथीहरु हुनुहुन्छ, त्यसैले पनि लामो समय टिक्दैन ।”

नेता महासेठले सर्वोच्च अदालतको फैसलामा नेकपा एमाले र आफ्नो व्यक्तिगत कुनै कमेन्ट नरहेको बताउनुभयो । उहाँले आफूले सर्वोच्चको निर्णयलाई आत्मसाथ गरेको तर नेपाली जनताले हरेक शब्द–शब्दमा न्यायाधीहरुले प्रयोग गर्नुभएको भाषा र निणर्य आफैँले लेख्नुभएको हो वा अरु ठाउँबाट लेखेर ल्याइएको हो भन्ने प्रश्न उठाइरहेको समेत बताउनुभएको छ । नेता महासेठले प्रमुख प्रतिपक्षमा रहँदा सरकारले गल्ती गरे पहिला सम्झाउने र नमाने सदनदेखि जनताको बीचसम्म पुग्ने बताउनुभयो ।

नेता महासेठले भन्नुभयो, “नेकपा एमाले र व्यक्तिगत रुपमा मेरो पनि, सर्वोच्च अदालतको निर्णयप्रति कुनै कमेन्ट छैन, हामीले आत्मसाथ गरिसकेका छौँ, तर नेपाली जनताले सर्वोच्च अदालतका माननीय न्यायाधीशहरुले प्रत्येक वाक्वाक्मा बोलेको राजनीतिक भाषा र निर्णय उहाँहरुकै हो कि, अरु ठाउँबाट लेखेर ल्याइयो ? यो प्रश्न नेपाली जनताको बीचमा छ, त्यसैले सरकारलाई हामी पहिला सम्झाउँछौँ, नमाने हामी सदनदेखि जनताकोबीचसम्म पुग्छौँ ।”

पार्टी एकताको लागि अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल आन्तरिक छलफलमा रहेको नेता महासेठको भनाइ छ ।