२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण



अ+ अ-

काठमाडौं । काठमाडौंबाट छुटेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् ।

धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे  विमानस्थलमा अवतरण गरेको छ ।  

जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएको बताइएको छ । 

त्यसपछि जहाज विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । जहाजमा ६९ जना यात्रु सवार थिए । उनीहरुलाई आजै अर्को जहाजबाट धनगढी पठाइने स्रोतले बताएको छ ।

यस्तै साँझ ७ बजे बुद्ध एयरकै अर्को एक जहाज पनि काठमाडौंमा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट नेपालगन्ज उडेको जहाजमा एक यात्रु बेहोस भएपछि जहाज काठमाडौं नै फिर्ता गरिएको हो ।