९ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाईजोविरुद्धको कसुर लागेका पंकज चौधरी पक्राउ



अ+ अ-

दाइजो नदिएको निहुँमा आफ्नी श्रीमतीलाई यातना दिई घर निकाला गरेको आरोपमा डा पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका–५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पंकजकी श्रीमती नेहा चौधरीले दाइजोविरुद्ध दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । नेहाले यसअघि गत कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा घरेलु हिंसासम्बन्धी उजुरु दर्ता गराएकी थिइन् । त्यतिबेला पनि प्रहरीले पंकजलाई तीन दिन थुनेको थियो ।

प्रहरीले दाइजोविरुद्धको कसुरमा कारबाही चलाउन अनुसन्धान गरिरहेको जनाएको छ । अहिले पंकज जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा छन् ।

पंकज र नेहाबीच तीन वर्षको प्रेमपछि गत फागुनमा विवाह भएको थियो । नेहा महोत्तरीकै औरही नगरपालिका–१ की बासिन्दा हुन् । उक्त विवाहमा नेहाको परिवारले नगद र सुनचाँदी गरी एक करोड २५ लाख खर्च गरेको बताइएको छ ।

तर विवाह भएको चार महिनापछि नै पंकज र नेहाबीच खटपट सुरु भएको थियो । नेहाका अनुसार पंकजले काठमाडौँमा घर किनिदिन भन्दै कुटपिट र यातना दिँदै आएका थिए ।




भर्खरै