२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा, खोप नलगाएकामा धमाधम नयाँ भेरियन्ट

कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा, खोप नलगाएकामा धमाधम नयाँ भेरियन्ट
अ अ+ अ-

काठमाडौं । अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ  एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताएका छन् ।

उनले खोप कोभिड–१९ सङ्क्रमण दर रोक्न एउटा उत्तम विकल्प भएको बताउँदै कोरोना भाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा ‘डेल्टा भेरिअन्ट’ बढिरहेको बताए । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन खोप लगाएका व्यक्तिका लागि मास्क अनिवार्य गर्ने निर्देशिका परमार्जन गर्नेबारे पनि कुराकानी भइरहेको बताए ।

उनले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउने प्रकारका खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको जानकारी दिए । अमेरिकामा हालसम्म जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेका छन् ।

अमेरिकामा दैनिक ४० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने दैनिक करिब २५० को हाराहारीमा मृत्यु भएको तथ्याङ्क छ ।

न्यू योर्क टाइम्सले विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । अमेरिकामा हाल सम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ ।

अमेरिकामा दैनिक साढे पाँच लाख व्यक्तिका दरले कोभिड–१९परीक्षण गरिएको छ भने पछिल्ला दिनमा कोभिड परीक्षण गर्न अस्पताल जाने को सङ्ख्या १३ प्रतिशतले घटेको छ । अमेरिकामा अहिले २६ हजार ३०२ जना कोरोना सङ्क्रमितले अस्पतालमा भर्ना भई सेवा लिइरहेका बताइएको छ ।

अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि भएको छ । जुलाई २६ सम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।