२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी

नेपालले भने– एक हप्ताभित्र नयाँ दल क्रियाशिल हुन्छ, सबै किचलो सकिन्छ

नेपालले भने– एक हप्ताभित्र नयाँ दल क्रियाशिल हुन्छ, सबै किचलो सकिन्छ
अ अ+ अ-

 काठमाडौ ।  नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले पार्टी भित्रको किचलो एक साताभित्र सकिने बताउनुभएको छ । नेपाल समूह निकट किसान महासंघको भेलालाई भुर्चुअल सम्बोधन गर्दै नेता नेपालले एक साताभित्र निर्वाचन आयोग दर्ता भएको एकीकृत नेकपालाई क्रियाशिल बनाउने संकेत गर्दै किचलो सकिने बताउनुभएको हो ।

एमालेको संस्थापन पक्षसँग सम्बादमा रहेका आफू पक्षीय भनिएका नेताहरुप्रति निकै आक्रोशित बन्नुभएका नेता नेपालले दाहिना र देब्रे हात भनिएकाहरु प्रति आफूलाई विश्वास नभएको बताउनुभएको थियो । छलफलमा सहभागी एक नेताले न्युजपोलारसँग भन्नुभयो– कस कसलाई दोश्रो अध्यक्ष बन्न मन छ, गए हुन्छ माधव नेपाल एमालेमा फर्कदैन ।

आफूलाई थुप्रै कार्यकर्ताको साथ रहेको उल्लेख गर्दै नेता नेपालले आउने १८ महिना अलग दलको अभ्यास गर्ने बताउनु भएको थियो ।आफूलाई दोश्रो पुस्ताका नेता भन्दै केहीले एकताको राग अलापेको भन्दै नेता नेपालले उनीहरुले गरेको १० बँुदे सहमतीको कुनै अर्थ नभएको बताउनु भएको थियो ।

नेता नेपालले सकेसम्म संबैधानिक व्यवस्थाअनुसार ४० प्रतिशत पुर्याउने पहल गर्ने नभए जति संख्यामा पुग्छ त्यसैलाई आधार मानेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरी गर्ने तयारी पनि भएको छ ।  

नेता नेपाल निकट एक नेताका अनुसार एक साताभित्र नयाँदल क्रियाशील भएपछि सरकारमा सहभागी हुने तयारी सो समूहको रहेको छ । नेपाल समूहबाट बिरोध खतिवडा, रामकुमारी झाक्रि , मेटमणी चौधरी , जीबनराम श्रेष्ठ,प्रेम आले , किसान श्रेष्ठलाई सरकारमा पठाउनेबारे नेता नेपालले परामर्श गर्नुभएको ती नेताले जानकारुी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को सोमबारको बैठकबाट तीन ओटा प्रदेशको प्रमुख फेर्ने तयारी गरेपनि अर्को सातामात्र यस बारेमा निर्णय गर्न भन्दै नेता नेपालले रोक्नु भएको थियो । सात ओटा प्रदेशप्रमुखमा नेपाली काँग्रेसलाई दुई, माओवादी केन्द्रलाई दुई, नेपाल समूहलाई दुई र जनता समाजवादी पार्टीलार्ई एक पद दिने यसअघि नै सहमति भैसकेको छ ।

ती नेताका अनुसार एक सातापछि ओली सरकारका पालामा नियुक्त गरिएका राजनीतिक नियुक्तीहरु खारेज गर्ने देखि नयाँ पार्टीलाई क्रियाशिल बनाउने तयारी भैरहेको  छ ।

यसैगरी आइतबार संसदको अन्तर्राष्ट्रिय समितिमा सांसद नारदमुनी राना र नेता नेपालबीच भएको चर्काचर्कीप्रति आक्रामक देखिनुभएका नेता नेपालले यो पंकरणलाई आफूले गम्भीर रुपमा लिएको संकेत गर्नुभएको थियो ।