५ पुष २०८२, शनिबार
,
Latest
साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकपमा सट्टेबाजी गराउने व्यक्ति पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । प्रहरीले फिफा विश्वकप २०२२ लगायतका विश्वमा सञ्चालन हुने खेल तथा गतिविधिहरुमा सट्टबाजी गर्न प्रयोग हुने रसियन बेटिङ एप्लिकेशन ‘वान एक्स बेट’ मार्फत सट्टेबाजी गराउने व्यक्तिलाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका– १ घर भई हाल ललितपुर सानेपा बस्दै आएका २० वर्षीय आदर्श ठाकुर रहेका छन् । प्रहरीले एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने–गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको सुचनाको आधारमा सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न–गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिप्रका ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

ठाकुरले वान एक्स बेटमा सट्टाबाजी गराउन विगत ८ महिनादेखि सट्टेबाजी गर्ने एजेन्टको रुपमा कार्य गर्दै आएको पाइएको छ । उनले २ करोड २ लाख ८४ हजार ४४८ बराबरको रकम वालेटबाट रकमान्तरण गरेको प्रहरीले जनाएको छ । हालसम्म अनुसन्धानका क्रममा खुल्न आएका ४८५ वटा विभिन्न सेवा प्रदायकहरुका डिजिटल वालेटहरुको कारोवार रोक्का राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।