२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचखालका सुमन बेपत्ता



अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता छन्। गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ । सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएका छन् ।

पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । “सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु”, सम्झनाले भनिन।

खेती–किसानी गर्दै आउनुभएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए। उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरेका छन्। निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।