११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभम पावरले आइपिओ निष्कासन गर्दै



अ+ अ-

काठमाडौँ । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी पुस ६ देखि प्रतिकित्ता रु १०० अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने चार लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

निष्कासन गरिने शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आमामी पुस २० सम्म अधिकतम पाँच हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि नौ सय ९० किलोवाट क्षमतामा व्यापारिक उत्पादन गरिरहेको छ ।