• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

नेप्से परिसूचक १६.६५ अंकले वृद्धि



symbolic picture

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमवार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकमसमेत बढेको छ । आईतवार १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमा बैंकिङ उपसमूह बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ६.१४ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ भने बैंकिङ उपसमूहको ०.५८ प्रतिशतले घटेको छ ।

सोमवार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ । यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।